गत साउन २८ गते राति घरमै सुतिरहेको अवस्थामा बिषालु सर्प कालो करेतले डसेपछि अस्पतालमा भर्ना भएका कास्कीको मादी गाउँपालिका–६ तप्राङका गङ्गाधर पौडेलका १३ वर्षीय छोरा विशाल पौडेलको डेढ महिनापछि होस खुलेको छ । तर उनले बोल्न सकिरहेका छैनन् भने आँखामा पनि दृष्टि क्षमता आइसकेको छैन ।
उपचारमा रकम अभाव भएपछि परिवारले सहयोगको याचना गरेका छन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार शुरु गरिएकोमा उपचार प्रक्रिया लम्बिदै जाँदा रकम अभाव भएपछि ढिलो गरी काठमाण्डौ लैजान सकिएको थियो । परिवारले सहयोगका लागि आग्रह गरेका हुन् । अहिले स्थानियले विशाल बचाऊँ अभियान नै जारी राखेर सहयोग संकलन गरिरहेका छन् ।
दाजु महादेव पौडेलले विशालको अवस्था बल्ल अलिकति सुधार भएको बताए । बालक पौडेल महारुद्र मावि तप्राङमा कक्षा आठमा अध्ययनरत छन् । उनी कोमाबाट १९ दिनपछि फर्किएका थिए । तर, बोल्न सकेका छैनन् । रकम जुटाउन सकेमा आफ्नो भाइलाई बचाउन सक्नेमा ढुक्क थिए तर रकम जोहो गर्न नै उनलाई हम्मे हम्मे परेको छ ।
पोखरामै १० लाख खर्च भइसकेको थियो । काठमाण्डौ न्यूरो हस्पिटलमा लैजान सुझाव दिइएकोमा त्यहाँ ५०, ६० लाख लाग्ने अनुमान गरिएको र त्यो भन्दा सस्तो शिक्षण अस्पताल भएर त्यहाँ लगिएको हो । दाजु महादेव गाउँमै कुखुरा पालन गर्दै आएका थिए । घरको आर्थिक अवस्था पनि निम्न रहेकाले अहिले उपचारमा समस्या भएको हो ।
रकम अभावले नै एउटा बालकको ज्यान जोखिममा नपरोस् भन्न चाहनुहुन्छ भने अभियानका संयोजक रवि क्षेत्रीलाई 9856004425, सहसंयोजक विकास क्षेत्रीलाई 9846507511, भिनाजु सन्तोष अधिकारीलाई 9856083954, दाइ महादेव पौडेललाई 9803260307 र दाइ विजय पौडेललाई 9856011008 सम्पर्क गरी सहयोग गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु