पोखरा महानगरपालिका–२५ हेमजा स्थित सुँईखेत खोलामा गत भदौ २४ र २५ गतेको बाढीपछि सोही वडाको सेरावस्तीसँगको यातायात सम्पर्क टुटेको छ ।
सुईखेत र सेरावस्ती जोड्ने गरीब निर्माण भएको पक्की मोटरेवल पुलमा खोलाले धार परिर्वतन गरेर सडक कटान गरेपछि यातायात सम्पर्क बिच्छेद छ भने स्थानीयवासीले हाल बाँसको फट्के बनाएर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
बाढीपछि नदीले धार परिर्वतन गरेर पुलभन्दा बाहिरबाट खोला बगेको छ भने कच्ची सडक समेत बगाएको छ । पुल एकतर्फ र खोला अर्कोतर्फ बगेको छ । बाढीले क्षति पुगेको संरचना १५ दिनभन्दा बढी भइसक्दा समेत मर्मत हुन सकेको छैन ।
स्थानीयवासी देवीप्रसाद अधिकारीले बस्तीसँगको यातायात सम्पर्क विच्छेद भएको तथा हाललाई बाँसको फट्के बनाएर नदी वारपार गर्ने गरिएको बताए । सुईखेतबाट कास्कीकोट जाने माटेरेवल पुलमा समेत क्षति पुगेको उनकोे भनाई छ । माछापुच्छ«े गाउँपालिकाको धितालबाट सुईखेत, सेरावस्ती हँदै कास्कीकोट र पामेसम्मको पुरानो पैदल बाटो हो ।
‘भदौ २४ गतेको बाढीले सुर्ईखेतबाट कास्कीकोट जाने सो मोटरेवल पुलमा नदीले धार परिर्वतन गरेपछि बिरामीलाई अस्पतालसम्म लैजान सकिने अवस्था छैन ।’ – अधिकारीले भने, ‘सेरावस्तीका ५० घरधूरी प्रत्यक्ष प्रभावित छन् भने हेमजाका अधिकाँसको खेतीपाती समेत पारी छ, उहाँहरुलाई समेत अप्ठ्यारो परेको छ ।’
बाढीले निम्ताएको समस्याका बारेमा महानगरपालिका, प्रदेश सरकार तथा सिँचाई डिभिजन कार्यालयमा, भूसंरक्षण कार्यालयमा जानकारी गराउँदा समेत हालसम्म सुुनुवाई नभएको स्थानीयवासी महादेव अधिकारीले बताए ।
सुईखेत खोलाको बाढीले खेतीयोग्य जमीन समेत अतिक्रमण गरेको र धान रोपेको खेतमा ग्राभेल र बालुवा लगेर नोक्सान पुगेको बताइन्छ । नदीले छ किमी क्षेत्रमा अन्दाजी एक हजार विघा जमिनमा क्षति पुगेको दावी स्थानीयवासीको छ ।
जनताको दुःखमासँगै छु, यथासक्य सडक खुलाउन पहल गर्छ- सांसद बराल
गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले शुक्रबार नदीले पु¥याएको क्षतिका बारेमा जानकारी लिँदै प्रदेश सरकारले तत्कालै तारजाली लगाएर संरक्षणका काम गर्ने र नदीको धार पूर्ववत अवस्थामा फर्काएर यातायात र आवातजावत सहज बनाइने प्रतिवद्धता जनाएका छन् ।
उनले सो क्षेत्रको निरीक्षण लगत्तै तत्कालका लागि काम थालनी गर्न ४० थान तारजालीको व्यवस्था समेत गरेका थिए । नागरिकले भोग्नु परेका समस्याका बारेमा प्रदेश सरकार तथा महानगरसँग तत्कालै कुरा गर्ने सांसद बरालले बताए ।
“स्थानीयवासीले ठूलो जोखिम मोलेर यात्रा गरेको देँखे, सडक मर्मत गर्ने र खोलालाई पहिलाकै अवस्थामा फर्काउन सोही क्षेत्रको जनप्रतिनिधि भएका हिसाबले म पूर्ण रुपमा लाग्ने छु ।” बरालले भने ।
राष्ट्रिय युवा संघका जिल्ला संयोजक भोजराज पौडेलले अघिपनि पनि माथिल्लो सुँईखेत खोला नियन्त्रण र कटान रोक्नका लागि तार जालीको व्यवस्था गरिएको बताए ।
सांसद बरालले शुक्रबार घट्टेखोला धम्पुस हुँदै खानीगाउँसम्मको निर्माणाधीन सडकको अनुगमन गरेको नेकपा माछापुच्छ्रे गाउँपालिका कमिटीका सचिव बैकुण्ठ भण्डारीले जानकारी दिए ।

????????????????????????????????????
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो