पोखराका ७ कोरोना संक्रमितसहित गण्डकीमा १३ संक्रमित थपिए

पोखराका ७ कोरोना संक्रमितसहित गण्डकीमा १३ संक्रमित थपिए

pokhara corona update 1

पोखरामा फेरि ७ जना कोरोना संक्रमित थपिएका छन । यस अघि बिहाना थप १० जनालाई संक्रमण पुष्टि भएको थियो ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा- ७ का नेपाल प्रहरीमा कार्यरत २२ वर्षिय पुरुष, पोखरा १० का २१ वर्षका पुरुष तथा १९ र ४४ वर्षीया महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

त्यसैगरी स्वास्थ्य निर्देशनालयका अनुसार निर्देशनालयमा कार्यरत ५३ र ५७ वर्षीय पुरुष र (WHO IPD)मा कार्यरत एक ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

तनहुँ भिमाद १ का भारतवाट आएका १७ र ३६ वर्षका पुरुष, पोखरा स्थित चरक मेमोरियलमा उपचाररत व्यास ११ का १६ वर्षीय पुरुष, लमजुङ कोल्होसोथार ३ का २१ वर्षीय पुरुष, वेसीसहर ८ का २९ वर्षका पुरुष र वेसीसहरकै ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ३६७३ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ