पोखराको गौंडाकोमुखबाट लागु औषध सहित दिपेश पक्राउ

पोखराको गौंडाकोमुखबाट लागु औषध सहित दिपेश पक्राउ

Dipesh-gurung

पोखरा – लागु औषध सहित कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका वडा नं -१३ गौंडाकोमुखस्थित बाटोमा हिंडिरहेको अवस्थामा सोही स्थान बस्ने वर्ष २५ का दिपेश गुरुङ अवैध लागु औषध सहित पक्राउ परेको कास्कीका डिएसपी तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । 

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले गुरुङलाई डाईजेपाम २३ एम्पुल, फेनेरागन २४ एम्पुल, नुरफिन २४ एम्पुल गरी जम्मा ७१ एम्पुल लागुऔषध र मोवाईल १ थान सहित पक्राउ गरेको हो

पक्राउ परेका गुरुङ विरुद्ध लागु औषध नियन्त्रण ऐन २०३३ विपरितको कसूर अन्तर्गत अनुसन्धान शुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ