पोखरा – आइतबार पोखराका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयको पहिलो अद्यावधिक विवरण अनुसार पोखरा महानगरका ७ वटा वडाका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु १५, ८, २०, ३३, १४,३ र १७ नम्वर वडाका छन् ।
क्षयरोग उपचार केम्न्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा १५ का २१ र ३८ वर्षीय पुरुष र २५ वर्षीया महिलाको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै पोखरा ८ का २६, ३७, २४ र ३८ वर्षीय पुरुष र १९ वर्षीया महिला, पोखरा २० का २३ वर्षीय पुरुष, पोखरा ३३ का १९ वर्षीय पुरुष र २१ वर्षीया महिला, पोखरा १४ का २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यस्तै पोखरा ३ का २०,२४, २३, २२, २८, २३, २०, ३१, २६ र २७ वर्षका पुरुष र २५ वर्षीया महिला र पोखरा १७ का एक २७ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
संक्रमित मध्ये पोखरा ३ का २७ वर्षीय पुरुष र पोखरा १५ का ३८ वर्षीय पुरुष नेपाल प्रहरीमा कार्यरत छन् भने, पोखरा ३ का ७ जना संक्रमित तेर्सापट्टीमा निर्माणधीन अपार्टमेन्टमा कार्यरत मजदुर हुन् । यस बाहेक अन्य सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन् ।

सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
राष्ट्रिय सभामा पनि मागियाे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा