पोखरा – आइतबार पोखराका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयको पहिलो अद्यावधिक विवरण अनुसार पोखरा महानगरका ७ वटा वडाका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु १५, ८, २०, ३३, १४,३ र १७ नम्वर वडाका छन् ।
क्षयरोग उपचार केम्न्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा १५ का २१ र ३८ वर्षीय पुरुष र २५ वर्षीया महिलाको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै पोखरा ८ का २६, ३७, २४ र ३८ वर्षीय पुरुष र १९ वर्षीया महिला, पोखरा २० का २३ वर्षीय पुरुष, पोखरा ३३ का १९ वर्षीय पुरुष र २१ वर्षीया महिला, पोखरा १४ का २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यस्तै पोखरा ३ का २०,२४, २३, २२, २८, २३, २०, ३१, २६ र २७ वर्षका पुरुष र २५ वर्षीया महिला र पोखरा १७ का एक २७ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
संक्रमित मध्ये पोखरा ३ का २७ वर्षीय पुरुष र पोखरा १५ का ३८ वर्षीय पुरुष नेपाल प्रहरीमा कार्यरत छन् भने, पोखरा ३ का ७ जना संक्रमित तेर्सापट्टीमा निर्माणधीन अपार्टमेन्टमा कार्यरत मजदुर हुन् । यस बाहेक अन्य सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन् ।
सम्बन्धित खबर
नेपाल–चीन संयुक्त फार्मास्युटिकल कन्फेरेन्सको विस्तारित कार्यक्रम
होमस्टे महासंघ गण्डकीको प्रशिक्षक प्रशिक्षण सम्पन्न
गण्डकीमा बर्सेनि सवारी दुर्घटना बढ्दै
पोखरा महानगरले प्रहरीलाई बुझायो सूर्यदर्शन सहकारी पीडितको प्रतिवेदन
मुख्यमन्त्रीको पिए हुँ भन्दै पोखराका ट्राभल सञ्चालकलाई ठग्ने पक्राउ
पोखरामा बियर खुवाएर महिलामाथि सामूहिक बलात्कार, तीन पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग