पोखरा – गण्डकीमा एकैदिन ७१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयको आइतबार जारी पहिलो विज्ञप्ति अनुसार प्रदेशका ४ जिल्लाका ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु कास्की, बाग्लुङ, लमजुङ र नवलपुरका छन् ।
क्षयरोग उपचार केन्द्र पोखरामा गारिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै लमजुङको मध्यनेपाल नगरपालिका ६ का २० देखि ३९ वर्ष उमेर समुहका पुरुष सहित २८ र ५० वर्षीया महिला, वडा नं ७ का २५ वर्षीय पुरुष सहित २८, ३५ र ३८ वर्षीया महिला र वडा नं १० का एक २८ वर्षीया महिलाको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै बागलुङको गलकोट नगरपालिका, जैमिनी गाउँपालिका र बागलुङ नगरपालिकाका बिभिन्न उमेर समुहका महिला पुरुष गरी ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।
यता प्रदेशको नवलपुर जिल्लाको कावासोती नगरपालिका र मध्यविन्दु गाउँपालिकाका ३ जनाको रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ।
आज पुष्टि भएका संक्रमितहरु मध्ये लमजुङ मध्यनेपाल नगरपालिका ६ का ३५ वर्षीय पुरुष स्थानीय स्कुलका शिक्षक हुन् । यस्तै बागलुङ जिल्लाका धेरैजसो संक्रमित भारत लगायत जापान, ओमान, दुबई र क्यानाडाबाट आएर क्वारेन्टाइनमा बसेका छन्। भने, अन्य सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका
हुन् । यो संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३७४४ पुगेको छ ।


सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा