पोखरा – गण्डकीमा एकैदिन ७१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयको आइतबार जारी पहिलो विज्ञप्ति अनुसार प्रदेशका ४ जिल्लाका ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु कास्की, बाग्लुङ, लमजुङ र नवलपुरका छन् ।
क्षयरोग उपचार केन्द्र पोखरामा गारिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै लमजुङको मध्यनेपाल नगरपालिका ६ का २० देखि ३९ वर्ष उमेर समुहका पुरुष सहित २८ र ५० वर्षीया महिला, वडा नं ७ का २५ वर्षीय पुरुष सहित २८, ३५ र ३८ वर्षीया महिला र वडा नं १० का एक २८ वर्षीया महिलाको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै बागलुङको गलकोट नगरपालिका, जैमिनी गाउँपालिका र बागलुङ नगरपालिकाका बिभिन्न उमेर समुहका महिला पुरुष गरी ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।
यता प्रदेशको नवलपुर जिल्लाको कावासोती नगरपालिका र मध्यविन्दु गाउँपालिकाका ३ जनाको रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ।
आज पुष्टि भएका संक्रमितहरु मध्ये लमजुङ मध्यनेपाल नगरपालिका ६ का ३५ वर्षीय पुरुष स्थानीय स्कुलका शिक्षक हुन् । यस्तै बागलुङ जिल्लाका धेरैजसो संक्रमित भारत लगायत जापान, ओमान, दुबई र क्यानाडाबाट आएर क्वारेन्टाइनमा बसेका छन्। भने, अन्य सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका
हुन् । यो संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३७४४ पुगेको छ ।


सम्बन्धित खबर
२६औँ आहा ! रारा पोखरा गोल्डकप माघ ५ गतेदेखि
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा सुझाव संकलन
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते