गण्डकी प्रदेशमा आज १०४ जना कोरोना संक्रमित थपिएका छन् । पोखराका २३ र मादीका १ जना गरी कास्कीमा २४ जना थपिएका छन् । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ३ हजार ७ सय ७७ पुगेको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार दोस्रो चरणमा कास्कीका ३ सहित गण्डकी प्रदेशमा आइतबार दिउसो ३३ कोरोना संक्रमित थपिएका हुन् । गण्डकी प्रदेश कास्की जिल्ला ३ जना सहित, लमजुङ जिल्लाका ५, स्याङजा जिल्लाका २ नवलपुरका १५, तनहुँका ६ तथा पर्वतका २ गरी प्रदेशमा थप ३३ जनामा कोरोना पुष्टि भएको हो।
संक्रमण पुष्टि हुनेमा पोखरा ९ का अखित्यार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा कार्यरत २५ र ४६ वर्षका पुरुष तथा मादी गाउँपालिका ३ का ३४ वर्षीय पुरुष लमजुङ् सुन्दरबजार ९ का २४, ३९ र ४६ वर्ष का ३ पुरुष तथा २८ वर्षीया एक महिला , स्याङजा चापाकोट र वालिङ नगरपालिकाका ३८ र ४४ वर्षीय पुरुष, नवलपुर देबचुलिका ७ वटा वडाका २५ देखि ५३ वर्ष उमेर समुहका १२ जना पुरुष तथा २६ र २८ वर्षीया महिला कावासोती ६ का ३८ वर्षीय पुरुष रहेका छन् ।
त्यसैगरी तनहुँ म्याग्दे गाउँपालिकाका ६ वटा वडाका २६, ३१ ,३५ र ३७ वर्षका पुरुष तथा १५ र ३२ वर्षीया महिला एवं पर्वत कुश्मा नगरपालिकाका नेपाल आर्मीमा कार्यरत २८ र ३७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
आज बिहानै पोखराका २१ सहित गण्डकी प्रदेशमा ७१ जना कोरोना संक्रमित थपिए ।पोखरा महानगरका २१, लमजुङ जिल्लाका १६, बागलुङ जिल्लाका ३१ नवलपुरका ३ जना गरी प्रदेशमा थप ७१ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा पोखरा ३ तेर्सापट्टिमा निर्माणाधीन अपार्टमेन्टमा काम गर्ने २०, २२, २३, २३, २४ र २८ वर्षका पुरुष तथा २५ वर्षीया महिला, पोखरा ३ कै नेपाल प्रहरीमा कार्यरत २७ वर्षीय पुरुष, पोखरा ८ का २४, ३६ , ३७ र ३८ वर्षका पुरुष तथा १९ वर्षीया महिला, पोखरा १४ का २५ वर्षीय पुरुष, पोखरा १५ का २१ वर्षीय पुरुष र ३८ वर्षीय नेपाल प्रहरीमा कार्यरत पुरुष तथा २५ वर्षीया महिला, पोखरा १७ का २७ वर्षीय पुरुष , पोखरा २० का २३ वर्षीय पुरुष र पोखरा ३३ का १९ वर्षीय पुरुष तथा २१ वर्षीया महिला रहेका छन् ।
त्यसैगरी लमजुङ् मध्येनेपालका ६ , ७ र १० का २० देखि ३५ वर्ष उमेर समुहका १० पुरुष तथा २८ देखि ५० वर्ष उमेर समूहका ६ महिला , बागलुङ् गल्कोटका वडा १, ३, ४, ५ र ६ का ४ वर्षीय बालाकदेखि ७७ वर्ष उमेर समुहका १३ जना पुरुष तथा ६९ र ७० वर्षीया महिला, जैमनिका वडा १ र ५ का २२ र ४० वर्षका पुरुष, काठेखोला वडा ३ , ४, ७, र ८ का २२ देखि ५७ वर्ष उमेर समुहका १० पुरुष, बागलुङ नगरपालिका २ , ३, ६ र १० का २२ देखि ५२ वर्ष उमेर समुहका ५ पुरुष , नवलपुर कावासोतीका वडा १३ र १४ का ३९ र ३४ तथा मध्यबिन्दु ९ की ३२ वर्षीया महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
सम्बन्धित खबर
वालिङ सुर्कौदीमा अवैध ढुङ्गा ढुवानी, एक टिप्पर नियन्त्रणमा
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’