गण्डकी प्रदेशमा आज १०४ जना कोरोना संक्रमित थपिएका छन् । पोखराका २३ र मादीका १ जना गरी कास्कीमा २४ जना थपिएका छन् । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ३ हजार ७ सय ७७ पुगेको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार दोस्रो चरणमा कास्कीका ३ सहित गण्डकी प्रदेशमा आइतबार दिउसो ३३ कोरोना संक्रमित थपिएका हुन् । गण्डकी प्रदेश कास्की जिल्ला ३ जना सहित, लमजुङ जिल्लाका ५, स्याङजा जिल्लाका २ नवलपुरका १५, तनहुँका ६ तथा पर्वतका २ गरी प्रदेशमा थप ३३ जनामा कोरोना पुष्टि भएको हो।
संक्रमण पुष्टि हुनेमा पोखरा ९ का अखित्यार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा कार्यरत २५ र ४६ वर्षका पुरुष तथा मादी गाउँपालिका ३ का ३४ वर्षीय पुरुष लमजुङ् सुन्दरबजार ९ का २४, ३९ र ४६ वर्ष का ३ पुरुष तथा २८ वर्षीया एक महिला , स्याङजा चापाकोट र वालिङ नगरपालिकाका ३८ र ४४ वर्षीय पुरुष, नवलपुर देबचुलिका ७ वटा वडाका २५ देखि ५३ वर्ष उमेर समुहका १२ जना पुरुष तथा २६ र २८ वर्षीया महिला कावासोती ६ का ३८ वर्षीय पुरुष रहेका छन् ।
त्यसैगरी तनहुँ म्याग्दे गाउँपालिकाका ६ वटा वडाका २६, ३१ ,३५ र ३७ वर्षका पुरुष तथा १५ र ३२ वर्षीया महिला एवं पर्वत कुश्मा नगरपालिकाका नेपाल आर्मीमा कार्यरत २८ र ३७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
आज बिहानै पोखराका २१ सहित गण्डकी प्रदेशमा ७१ जना कोरोना संक्रमित थपिए ।पोखरा महानगरका २१, लमजुङ जिल्लाका १६, बागलुङ जिल्लाका ३१ नवलपुरका ३ जना गरी प्रदेशमा थप ७१ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा पोखरा ३ तेर्सापट्टिमा निर्माणाधीन अपार्टमेन्टमा काम गर्ने २०, २२, २३, २३, २४ र २८ वर्षका पुरुष तथा २५ वर्षीया महिला, पोखरा ३ कै नेपाल प्रहरीमा कार्यरत २७ वर्षीय पुरुष, पोखरा ८ का २४, ३६ , ३७ र ३८ वर्षका पुरुष तथा १९ वर्षीया महिला, पोखरा १४ का २५ वर्षीय पुरुष, पोखरा १५ का २१ वर्षीय पुरुष र ३८ वर्षीय नेपाल प्रहरीमा कार्यरत पुरुष तथा २५ वर्षीया महिला, पोखरा १७ का २७ वर्षीय पुरुष , पोखरा २० का २३ वर्षीय पुरुष र पोखरा ३३ का १९ वर्षीय पुरुष तथा २१ वर्षीया महिला रहेका छन् ।
त्यसैगरी लमजुङ् मध्येनेपालका ६ , ७ र १० का २० देखि ३५ वर्ष उमेर समुहका १० पुरुष तथा २८ देखि ५० वर्ष उमेर समूहका ६ महिला , बागलुङ् गल्कोटका वडा १, ३, ४, ५ र ६ का ४ वर्षीय बालाकदेखि ७७ वर्ष उमेर समुहका १३ जना पुरुष तथा ६९ र ७० वर्षीया महिला, जैमनिका वडा १ र ५ का २२ र ४० वर्षका पुरुष, काठेखोला वडा ३ , ४, ७, र ८ का २२ देखि ५७ वर्ष उमेर समुहका १० पुरुष, बागलुङ नगरपालिका २ , ३, ६ र १० का २२ देखि ५२ वर्ष उमेर समुहका ५ पुरुष , नवलपुर कावासोतीका वडा १३ र १४ का ३९ र ३४ तथा मध्यबिन्दु ९ की ३२ वर्षीया महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ