तनहुँको व्यास नगरपालिकामा ८ जनामा कोरोना संक्रमण पुष्टि

तनहुँको व्यास नगरपालिकामा ८ जनामा कोरोना संक्रमण पुष्टि

Corona update 4

तनहुँ । तनहुँको व्यास नगरपालिकामा ८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

व्यास नगरपालिकाको वडा नम्बर १, २, ३, ७, १० र १३ का ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

नयाँ संक्रमित मध्ये व्यास-१ का २४ र ४१ वर्षका पुरुष भारतबाट आएर होम क्वारेन्टिनमा बसेका थिए ।

व्यास-२ की ४८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै व्यास-३ मा ४५ वर्षिया महिला र अर्का ३२ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी व्यास-७ का २७ वर्षीय पुरुष र व्यास-१३ का ६० वर्षीय महिलामा कोरोना पुष्टि भएको हो ।

यता व्यास-१० की २४ वर्षिया महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ