प्याराग्लाइडिङबाट फेवातालमा खसेका अमनको उद्धार

प्याराग्लाइडिङबाट फेवातालमा खसेका अमनको उद्धार

Aman thapa

पोखरामा सोमबार प्याराग्लाइडिङबाट खसेका एक किशोरको समयमै उद्धार गरिएको छ । पोखरा १८ बस्ने १९ वर्षिय अमन थापा प्याराग्लाईडिङ्ग गर्ने क्रममा पोखरा महानगरपालिका १८ खपौदी स्थित वाटरफन्ट नजिकै फेवातालमा खसेका  थिए । थापाको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो । फेवातालमाथि उडिरहेका उनी प्याराग्लाइडिङबाट फेवा तालमा खसेका थिए ।

सो दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण कालिकाबाट फेवाताल रेस्क्यू टावरमा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक श्रीकृष्ण श्रेष्ठको कमाण्डमा खटिएको एपीएफ टोलीले उनलाई तत्कालै उद्धार गरेको हो ।

प्याराग्लाइडिङमा उनी एक्लै उडिरहेको प्रहरी श्रोतले जनाएको छ । प्याराग्लाइडिङ खस्नुको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds