गण्डकी प्रदेशमा आज थप १८ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३७ सय ९५ पुगेको छ । जसमध्ये ३३ जनाको मृत्यु भएको छ भने २६ सय ९७ जना निको भइसकेका छन् । १ हजार ६५ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा ८ जना डिस्चार्ज भएका छन् । ४६७ जनाको पीसीआर टेस्ट गरिएकोमा १८ जनामा पोजिटिभ देखिएको हो।
चितवन मेडिकल कलेज चितवन र क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा थप १८ जना कोरोना संक्रमित पुष्टि भएको हो ।
नवलपुरको गैडाकोट नगरपालिका वडा नं २ मा ३८ र २५ वर्षीय पुरुष, सोही नगरपालिकाको वडा नं ८ मा ४२ र २८ वर्षीय पुरुष, नवलपुरकै कावासोती नगरपालिका–३ मा १० र वडा नं १६ मा ३६ वर्षीय पुरुष र नवलपुरको देबचुली नगरपालिका १७ मा ५२ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै गोरखाको शहिद लखनथापा गाउँपालिका–१ मा ५२ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । लमजुङ जिल्लाको राईनास नगरपालिका–४ का ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पष्टि भएको छ । त्यस्तै तनहुँको व्यास नगरपालिका–१३ मा ६० वर्षीया महिला, व्यास ७ मा २७ वर्षीय पुरुष, वडा नं १ मा ४१ र २४ वर्षीय पुरुष, वडा नं ३ मा ३२ वर्षीय पुरुष, वडा नं ३ मा ३२ र ४५ वर्षीया महिला, वडा नं २ मा ४८ वर्षीया महिला र वडा नं १० मा २४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै स्याङ्जा जिल्ला निवासी ६३ वर्षीय संक्रमित पुरुषको मनिपाल अस्पताल पोखरामा उपचार भइरहेको छ ।
चितवन मेडिकल कलेजमा परिक्षण गराएका सबैजना सोही अस्पतालको आईसोलेसनमा बसेका छन् ।स्याङ्जा जिल्लाका १ जना संक्रमित पोखराको मणिपाल अस्पतालमा उपचाररत छन् ।अन्य सबै कन्ट्याक टेसिङबाट पहिचान भएका हुन् । उनीहरु सबैलाई आईसोलेसनमा ब्यबस्थापन गरिएको छ ।
सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु