आफ्नै छोरीलाई पटक–पटक बलात्कार गर्ने बाबु पक्राउ

आफ्नै छोरीलाई पटक–पटक बलात्कार गर्ने बाबु पक्राउ

BALATKARII

प्रतिकारात्मक चिन्ह

धादिङ – आफ्नै छोरीको बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । चौध वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।

पीडितका आमा र भाइ घर नभएको बेलामा असोज ८ गते पछिल्लो पटक बलात्कार गरेको पीडितले प्रहरीलाई बताएकी छिन् । प्रहरीको सहयोगमा जिल्लामा सञ्चालित सुरक्षित आवास गृहमा राखिएकी बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ ।

घटना पटक–पटक भएको र आमाले घटना थाहा पाउँदासमेत आफूले न्याय नपाएपछि घर छाडेर भागेको बालिकाले बताएकी छिन् ।

आरोपित बाबुले आफूलाई पाँच वर्षको उमेरदेखि नै बलात्कार गर्दै आएकाले छिमेकीको घरमा काम गर्ने एक जनासँग भागेर काठमाडौं जान लाग्दा पीडित बालिकाको उद्वार गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ