पोखरा जेसीजको जेसीज सप्ताह २०२० अर्न्तगत तेस्रो दिन स्वास्थ्य सचेतना तथा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरिएको छ । मंगलबार पोखरा १८, सराङकोटको मणिज्योति आधारभुत विद्यालयमा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेको हो ।
पोखरा १८ का अध्यक्ष रणबहादुर थापाको प्रमुख आतिथ्यता र अध्यक्ष शिव प्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जेसीज सप्ताह २०२० को कार्यक्रमको बारेमा कार्यक्रमका मुल संयोजक मिनराज खड्काले प्रकाश पारेका थिए ।
दोस्रो दिन पोखरा जेसिजले सडक बालबालिकाहरुलाई शैक्षिक, स्वास्थ्य तथा खेलकुद सामग्री हस्तान्तरण गरेको थियो । अन्नपुर्ण गाउँपालिका १ लेवाडे स्थित फुलवारी श्रोत केन्द्रमा रहेका १७ जना सडक बालबालिकालाई शैक्षिक सामग्रीका साथै स्वास्थ्य सामग्री समेत हस्तान्तरण गरेको हो ।

सडकमा रहेका बालबालिकाको भविष्य अन्धकारमा नभई उज्यालो हुनुपर्दछ भन्ने सोचका साथ बालबालिकालाई सहयोग गरेको हो । पोखरा महानगरपालिकाको सहयोगमा सडक बालबालिकाको उद्धार गरी फुलबारी स्रोत केन्द्रमा राखिएको छ । केन्द्रले सडक बालबालिकाको उद्धार गरी स्नातक सम्म अध्ययनको लागि समेत सहयोग गर्दै आइरहेको छ । जेसिजले आयोजना गरेको हस्तान्तरण कार्यक्रममा बोल्दै अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुवँरले मानव भावना लिएर शिक्षाको ज्योति देखाउन सहयोग गरेको भन्दै आभार प्रकट गरे ।
हाल श्रोतकेन्द्रमा १४ बालक, ३ बालिका र एक वयस्क व्यक्ति रहेका छन् । २५ वर्ष देखि सरकारसंग हातेमालो गर्दै आइरहेको केन्द्रले ३७ प्रतिशत आम्दानी आफैले गर्दै आइरहेको छ । हाल सोहि केन्द्रको सहयोगमा करिब ५ सय विधार्थीले विभिन्न १ सय ६८ विधालयमा अध्ययन गर्दै आइरहेका छन ।
कार्यक्रममा सप्ताहव्यापी कार्यक्रम संयोजक मिनराज खड्का, पोखरा जेसिजका अध्यक्ष शिवप्रसाद सापकोटा, शैक्षिक सामग्री हस्तान्तरण संयोजक कपिल पौडेल, सहयोगदाता प्रिति मगर लगायतले आफ्नो भनाइ राखेका थिए ।
असोज ११ गते देखि जारी सप्ताहव्यापी ‘जेसिज सप्ताह–२०२०’ कार्यक्रम पहिलो दिन रक्तदान कार्यक्रम गरेको थियो ।

यस्तै, कोरोना भाइरस सचेतना तथा सुरक्षा सामग्री हस्तान्तरण, महिला स्वास्थ्य सचेतना तथा सेनेटरी प्याड बनाउने तालिम, खाद्य सामाग्री तथा युवा लक्षित कार्यक्रम गरिने कार्यक्रम संयोजक मिनराज खड्काले जानकारी दिए ।
‘असल समाजका लागि युवा नेतृत्व’ भन्ने मुल नाराका साथ सञ्चालित जेसीजले आफ्नो बार्षिक कार्ययोजनालाई निरन्तरता दिदैँ यो साप्ताहिक कार्यक्रमको आयोजना गर्न लागेको संयोजक खड्काले बताए ।
जेसिज २०२० का अध्यक्ष शिवप्रसाद सापकोटाले वर्षभरकै उत्कृष्ट कार्य भएकाले कार्यक्रमलाई भव्य बनाउन सबैलाई सहयोग गर्न आग्रह गरे ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ