रोट्रयाक्ट क्लब अफ भिमाद स्थापना, अध्यक्षमा सन्देश गैह्रे

रोट्रयाक्ट क्लब अफ भिमाद स्थापना, अध्यक्षमा सन्देश गैह्रे

received_345230949923888

तनहुँ । तनहुँको भिमादमा रोट्रयाक्ट क्लब अफ भिमाद स्थापना भएको छ ।

उक्त कार्यक्रमको सभापति रोटरी क्लब अफ दमौलीका अध्यक्ष दामोदर भण्डारी रहेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि रोटरी इन्टरनेश्नल डिष्टिक्ट ३२९२ नेपाल भुटानका गभर्नर राजिब पोख्रेल रहेका थिए ।

सो अवसरमा प्रमुख अतिथि डिष्टिक्ट गभर्नर पोख्रेलले रोट्रयाक्टको सदस्य भएपछि जिम्मेवारी पुर्ण काम गर्नुपर्ने बताए ।

रोटरी इन्टरनेश्नल ११५ वर्ष भन्दा पुरानो सामाजिक संस्था भएको गभर्नर पोख्रेलले बताए । उनले भने ‘युवालाई रोटरीले ठुलो महत्त्व दिएको छ ।’

इच्छाशक्ति भएमात्रै कुनैपनि संस्थामा दीर्घकाल सम्म रहन सक्ने गभर्नर पोख्रेलले बताए ।

कार्यक्रममा रोट्रयाक्ट क्लब अफ भिमादका संस्थापक अध्यक्ष सन्देश गैह्रे रहेका छन ।

रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल भुटान जोन ३ का जोनल रोट्रयाक्ट रिप्रेजेन्टेटिभ सन्दिप पौडेलले संस्थापक अध्यक्ष सन्देश गैह्रेलाई गोपनियताको सपथ ग्रहण गराएका थिए ।

रोटरी क्लब अफ दमौलीले रोट्रयाक्ट क्लब अफ भिमादलाई शिडमनि स्वरुप १० हजार रुपैयाँ प्रदान गरेको छ ।

त्यस्तैगरी रोट्रयाक्ट क्ल्ब अफ दमौलीले पनि रोट्रयाक्ट क्लब अफ भिमादलाई शिडमनि स्वरुप ५ हजार रुपैयाँ प्रदान गरेको छ ।

कार्यक्रममा रोटरी क्लब अफ दमौलीका निवर्तमान अध्यक्ष सुर्ज कुमार मल्ल, जोन ३ का जेडआरआर सन्दिप पौडेल, रोटरीमा महिला रिजन ४ की सदस्य बिना कैनी, रोटरी क्लब अफ दमौलीका पुर्वअध्यक्ष ईम कुमार मल्ल, रोटरी नेपालका डिआरसिसि सुबास सिग्देल लगाएतले बोलेका थिए ।

कार्यक्रमको संचालन रोटरी क्लब अफ दमौलीका सचिव सागर पौडेलले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds