आईपीएल: हैदरावादसँग चेन्नई ७ रनले पराजित, चेन्नईको तेस्रो हार

आईपीएल: हैदरावादसँग चेन्नई ७ रनले पराजित, चेन्नईको तेस्रो हार

hydrabad

जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत भएको खेलमा सनराइजर्स हैदरावादले चेन्नई सुपर किङ्सलाई ७ रनले पराजित गरेको छ।

शुक्रबार साँझ भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ रनले पराजित गर्दै हैदरावादले दोस्रो जित दर्ता गरेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको हैदरावादले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको चेन्नईले पुरै २० ओभर खेल्दा ५ विकेट गुमाएर १ सय ५७ रन मात्रै बनाउन सक्यो । ​​

चेन्नेइका लागि रविन्द्र जडेजाले ५० रनको अर्धशतकीय पारी खेले पनि लक्ष्य भेट्न सकेन । ​

चेन्नईका लागि कप्तान महेन्द्र सिंह धोनीले अविजित ४७ रन बनाए । फाप डु प्लेसिसले २२ रन बनाए भने साम करन १५ रनमा अविजित रहे । हैदरावादका टी नटराजनले दुई विकेट लिए भने भुवनेश्वर कुमार र अब्दुल समदले १र१ विकेट हात पारे ।

यसअघि पहिलो ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । हैदरावादका लागि प्रियम गार्गले अविजित ५१ रनको अर्धशतकीय पारी खेले ।

यस्तै अविशेक शर्माले ३१, मनिस पाण्डेले २९ र कप्तान डेभिड वार्नर २८ रनमा आउट भए ।​ चेन्नईका दिपक चाहरले दुई विकेट लिए भने शार्दुल ठाकुर र पियुस चावालाले १र१ विकेट हात पारे ।

योसँगै हैदरावादले ४ खेलमा दुई जित सहित ४ अंक जोडेको छ । चेन्नईको यो तेस्रो हार हो । ४ खेलमा २ अंक जोडेको चेन्नई तालिकाको पुछारमा छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ