सेती खाेँचबाट उद्धार गरी उपचारका क्रममा मृत्यु भएका युवककाे पहिचान खुलेन

सेती खाेँचबाट उद्धार गरी उपचारका क्रममा मृत्यु भएका युवककाे पहिचान खुलेन

dead body seti

पोखराको पृथ्वीचोकस्थित रहेको चाइनापुलबाट खसेर मृत्यु भएका युवकको अझै पहिचान खुलेको छैन ।शुक्रबार सेती खोचबाट उद्धार गरिएपछि उपचारका क्रममा मृत्यु भएका युवाको पहिचाहन नखुलेपछि जिल्ला प्रहरी कार्यलय कास्कीले

मृतक युवकको तस्बिर सार्वजनिक गर्दै कोही आफन्त वा चिनजानको व्यक्ति भएमा सम्पर्कमा आउन प्रहरीले आग्रह गरेको छ ।मृतक युवकलाई शुक्रबार विहान स्थानीयले सेती नदीको खोंचमा घाइते अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले उनलाई घाइते अवस्थामा उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि लगेको थियो ।मृत युवाको कुनै परिचय नखुलेको र उनलाई चिन्ने कोही सम्पर्क नभएका कारण प्रहरीले उनको तस्वीर सार्वजनिक गर्दै सम्पर्कमा आउन आग्रह गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds