पोखराका ८ सहित गण्डकीका १२ जनामा कोरोना संक्रमण पुष्टि

पोखराका ८ सहित गण्डकीका १२ जनामा कोरोना संक्रमण पुष्टि

Pokhara Lakeside Phewa Fewa

पोखरा महानगरपालिकाका ८ सहित गण्डकी प्रदेशका स्याङ्जा लमजुङ र म्याग्दी गरी १२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा वडा नं ५ का २९ वर्षीया महिला, वडा नं १० का ५३ वर्षीया महिला, वडा नं १७ का २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा वडा नं ४ का २९ वर्षीया महिला तथा ३५ वर्षीय पुरुष , वडा नं १७ का १७ वर्षीय पुरुष, वडा नं १० का ४६ वर्षीया महिला, वडा नखुलेको २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै स्याङ्जा फेदीखोला गाउँपालिकाका ५५ वर्षीय पुरुष, लमजुङ राइनास नगरपालिका वडा नं २ का ६८ वर्षीय पुरुष , राइनास वडा नं ६ का ४५ वर्षीय पुरुष, म्यग्दी रघुगंगा वडा नं ३ का २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकीमा हालसम्म कोरोना संक्रमितको संख्या ४०१५ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds