पोखराबाट पर्वत तर्फ जाँदै गरेको स्कुटर नयाँपुलमा दुर्घटना, स्याङ्जाका बस्नेतको मृत्यु

पोखराबाट पर्वत तर्फ जाँदै गरेको स्कुटर नयाँपुलमा दुर्घटना, स्याङ्जाका बस्नेतको मृत्यु

Accident-3-1

प्रतिकात्मक तस्बिर

पोखरा – पोखराबाट पर्वत तर्फ जाँदै गरेको स्कुटर अनियन्त्रित भइ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

शनिबार बिहान अन्दाजी ४:३५ बजेको समयमा कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ५ नयाँपुलस्थित कास्की र पर्वतको सिमाना जोड्ने पक्कि पुलको बारमा ग १० प २१२२ नम्बरको स्कुटर अनियन्त्रित भएर ठक्कर खाँदा स्कुटरको पछाडी बसेका स्याङ्गजा आँधीखोला गाउँपालिका ६ बस्ने अन्दाजी वर्ष २६ का पुष्कर बस्नेतको उपचारका क्रममा पोखरास्थित मेट्रोसिटी अस्पतालमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।

प्रहरीका अनुसार सोही स्थान बस्ने अन्दाजी वर्ष २५ का स्कुटर चालक सन्तोष न्यौपाने पनि घाइते छन् । उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ