नवलपुरका ३६ वर्षीय युवक कोरोना कारण मृत्यु, गण्डकीमा मृतकको संख्या ३४ पुग्यो

नवलपुरका ३६ वर्षीय युवक कोरोना कारण मृत्यु, गण्डकीमा मृतकको संख्या ३४ पुग्यो

covid-pkr death

तस्विर सौजन्य: राधिका कँडेल (पत्रकार, पोखरा)

नवलपुरका एक ३६ वर्षीय युवकको कोरोना संक्रमणकै बीच मृत्यु भएपछि गण्डकी प्रदेशमा संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ।

नवलपुरको विनय त्रिवेणी गाउँपालिका-२ दुम्किबासका ३६ वर्षीय युवक १३ गते कोभिड १९ संक्रमण सहित खोकी, श्वासप्रश्वाश तथा कलेजोमा समस्या लिएर भरतपुर अस्पतालको कोभिड आइसीयूमा भर्ना भएका थिए।

उनले लामो समयदेखि मुटु र कलेजोको उपचार गराइरहेका गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ। हिजो साँझ उनको मृत्यु भएको भरतपुर अस्पतालबाट प्राप्त प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds