बिहानै गण्डकी प्रदेशका ६ जिल्लामा ४३ कोरोना संक्रमित थपिए

बिहानै गण्डकी प्रदेशका ६ जिल्लामा ४३ कोरोना संक्रमित थपिए

Gandaki-Map copy

गण्डकी प्रदेशका ६ जिल्लाका थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज चितवनमा गरिएको परीक्षणमा तनहुँ, लमजुङ, नवलपरासी, गोरखा, स्याङ्जा र बागलुङ गरी ६ जिल्लाका ४३ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ५९ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा तनहुँका ५ जना र लमजुङका ५ जनामा संक्रमण पुष्टि भएको छ । लमजुङको सुन्दरबजारमा १ महिला र १ पुरुष, राईनस वडा नम्बर ९ का १ पुरुष र दोर्दी वडा नम्बर १ कि १ महिलामा गरि ५ जनामा संक्रमण पुष्टि भएको हो ।

तनहुँ शुक्लागण्डकीमा ९ जनामा संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखराका परिक्षणमा ३ महिला र २ पुरुष गरि ५ जनामा संक्रमण पुष्टि भएको छ भने चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा व्यास नगरपालिकामा २ जना र देवघाटमा २ जनामा संक्रमण पुष्टि भएको छ । शुक्लागण्डकीका सबैजना जीपी कोईराला श्वासप्रश्वास उपचार केन्द्र, तनहुँमा कार्यरत चिकित्सक, अनमी, सुरक्षागार्ड, लेखा र प्रशासनका कर्मचारी हुन् ।

चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा नवलपरासीमा मात्र २६ जनामा संक्रमण पुष्टि भएको छ । नवलपरासी देवचुली नगरपालिकामा ५ जना , गैँडाकोटमा १४ जना, विनयत्रिवेणीमा २ जना र कावासोतिमा ५ जना गरी थप २६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्याङ्जामा कालिगण्डकी वडा नम्बर ५ का २८ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । त्यस्तै, गोरखा पालुङटार नगरपालिका वडा नम्बर ९ कि १ महिलामा पनि संक्रमण पुष्टि भएको छ । बागलुङ काठेखोला वडा नम्बर २ का ६५ वर्षिय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds