गण्डकी प्रदेशका ६ जिल्लाका थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज चितवनमा गरिएको परीक्षणमा तनहुँ, लमजुङ, नवलपरासी, गोरखा, स्याङ्जा र बागलुङ गरी ६ जिल्लाका ४३ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ५९ पुगेको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा तनहुँका ५ जना र लमजुङका ५ जनामा संक्रमण पुष्टि भएको छ । लमजुङको सुन्दरबजारमा १ महिला र १ पुरुष, राईनस वडा नम्बर ९ का १ पुरुष र दोर्दी वडा नम्बर १ कि १ महिलामा गरि ५ जनामा संक्रमण पुष्टि भएको हो ।
तनहुँ शुक्लागण्डकीमा ९ जनामा संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखराका परिक्षणमा ३ महिला र २ पुरुष गरि ५ जनामा संक्रमण पुष्टि भएको छ भने चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा व्यास नगरपालिकामा २ जना र देवघाटमा २ जनामा संक्रमण पुष्टि भएको छ । शुक्लागण्डकीका सबैजना जीपी कोईराला श्वासप्रश्वास उपचार केन्द्र, तनहुँमा कार्यरत चिकित्सक, अनमी, सुरक्षागार्ड, लेखा र प्रशासनका कर्मचारी हुन् ।
चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा नवलपरासीमा मात्र २६ जनामा संक्रमण पुष्टि भएको छ । नवलपरासी देवचुली नगरपालिकामा ५ जना , गैँडाकोटमा १४ जना, विनयत्रिवेणीमा २ जना र कावासोतिमा ५ जना गरी थप २६ जनामा संक्रमण पुष्टि भएको हो ।
स्याङ्जामा कालिगण्डकी वडा नम्बर ५ का २८ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । त्यस्तै, गोरखा पालुङटार नगरपालिका वडा नम्बर ९ कि १ महिलामा पनि संक्रमण पुष्टि भएको छ । बागलुङ काठेखोला वडा नम्बर २ का ६५ वर्षिय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।


सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ