जीपीका चिकित्सक र कर्मचारीसहित तनहुँमा थपिए ९ जना कोरोना संक्रमित

जीपीका चिकित्सक र कर्मचारीसहित तनहुँमा थपिए ९ जना कोरोना संक्रमित

Gp_koirala

तनहुँ । तनहुँमा ९ जना कोरोना संक्रमित थपिएका छन ।

जिल्लाको शुक्लागण्डकी नगरपालिका, व्यास नगरपालिका र देवघाट गाउँपालिकामा नयाँ कोरोना संक्रमित थपिएका हुन ।

शुक्लागण्डकी नगरपालिका स्थित जीपी कोईराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रका चिकित्सक र स्वास्थ्यकर्मीसहित ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

अस्पतालमा कार्यरत २६,२४ र ४७ वर्षीया ३ जना महिला र २८ र ४७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंबाट फर्केकी एक ल्याब टेक्निसियनमा संक्रमण भेटिएपछि अस्पताल नै बन्द गरेर ५० जनाको स्वाब संकलन गरिएकामा ५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

अस्पतालका चिकित्सक, अनमी, सुरक्षागार्ड, लेखा र प्रशासनका कर्मचारीमा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

अस्पतालले सबै स्वास्थ्यकर्मी तथा कर्मचारी कन्ट्याक्ट ट्रेसमा परेपछि आकस्मिकसहितका सबै सेवा बन्द गरेको थियो ।

त्यस्तै जिल्लाको व्यास नगरपालिका-११ की २६ वर्षीया महिला र व्यास-२ का ३९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैगरी जिल्लाको देवघाट गाउँपालिका-२ का २३ वर्षीय पुरुष र देवघाट-४ का ८० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds