तनहुँ । तनहुँमा आइतबार २७ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लाको व्यास नगरपालिकामा १४ जना, शुक्लागण्डकी नगरपालिकामा ७ जना, देवघाट गाउँपालिकामा ३ जना, बन्दिपुर गाउँपालिकामा २ जना र आँबुखैरेनी गाउँपालिकामा १ जना कोरोना संक्रमित थपिएका हुन ।
क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा १८ जना, चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ८ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा १ जनालाई संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।
शुक्लागण्डकी नगरपालिका स्थित जीपी कोईराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रका चिकित्सक र स्वास्थ्यकर्मीसहित ५ जनामा कोरोना संक्रमण देखिएको छ ।
अस्पतालमा कार्यरत २६,२४ र ४७ वर्षीया ३ जना महिला र २८ र ४७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंबाट फर्केकी एक ल्याब टेक्निसियनमा संक्रमण भेटिएपछि अस्पताल नै बन्द गरेर ५० जनाको स्वाब संकलन गरिएकामा ५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
अस्पतालका चिकित्सक, अनमी, सुरक्षागार्ड, लेखा र प्रशासनका कर्मचारीमा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
अस्पतालले सबै स्वास्थ्यकर्मी तथा कर्मचारी कन्ट्याक्ट ट्रेसमा परेपछि आकस्मिकसहितका सबै सेवा बन्द गरेको थियो ।
त्यस्तै जिल्लाको व्यास नगरपालिका-११ की २६ वर्षीया महिला र व्यास-२ का ३९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी जिल्लाको देवघाट गाउँपालिका-२ का २३ वर्षीय पुरुष र देवघाट-४ का ८० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
जिल्लाको व्यास-१० का १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
उनी तनहुँ व्यास यातायात प्रा.लि.मा कार्यरत रहेको निर्देशनालयले जनाएको छ ।
संक्रमित पुरुष पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकमा कोरोना परिक्षणको लागि गएका थिए ।
त्यस्तै व्यास-१ का ३८ वर्षीय पुरुष, व्यास-९ का ३५ र ३६ वर्षीय पुरुष त्यस्तै ६५ वर्षीया महिला, व्यास-२ का ३४ र ३६ वर्षीय पुरुष, व्यास-११ की ३८ वर्षीया महिला, व्यास-५ का ३८ वर्षीय पुरुष र ६७ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै जिल्लाको आबुखैरेनी-६ का २४ वर्षीय पुरुष, बन्दिपुर-४ का ५७ वर्षीय पुरुष र बन्दिपुर-१ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
त्यस्तै देवघाट-५ का ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
दमौली अस्पतालका डाक्टर र कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि
तनहुँको व्यास-३ स्थित दमौली अस्पतालका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालका एक जना डाक्टर र एक कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
व्यास-३ का ४६ वर्षीया महिला र ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा दुवैको नतिजा पोजेटिभ आएको हो ।
डाक्टर पौडेल केही दिन अघि मात्र काठमाडौं गएर फर्किएका थिए ।
डा.पौडेल रिपोर्ट आउनु अघिसम्म पनि उनी बिरामीको स्वास्थ्य परीक्षणमै सहभागी रहेको पाइएको छ ।
अब अन्य अस्पतालको अन्य कर्मचारीको पनि पीसीआर परीक्षण गरिने अस्पतालले जनाएको छ ।
त्यस्तै जिल्लाको शुक्लागण्डकी नगरपालिका-४ का १८ वर्षीय पुरुष र शुक्लागण्डकी-६ का ३५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।






सम्बन्धित खबर
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने
नवलपरासीको विनयी खोलामा बाढीले डाइभर्सन बगायो, यातायात प्रभावित
अवैध नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा प्रयोग भएका जेसिबी र ट्याक्टर नियन्त्रणमा
स्याङ्जामा विभिन्न मुद्दाका फरार सात कसुरदार पक्राउ
पोखरामा मगर समुदायको भूमे पूजा
‘आरके हस्पिटालिटी प्रथम गण्डकी लोक तारा’ का लागि १८ जना छानिए, फाइनल असार ७ गते हुने
यो पनि पढौँ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखरामा सुन व्यापारीमाथि यौन दुर्व्यवहारको आरोप, ब्ल्याकमेल गर्ने महिलासहित ३ जना पक्राउ
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतिको मृत्यु
पोखरामा दुई वटा प्याराग्लाइडिङ दुर्घटना हुँदा फेवातालमा खसेका ४ जनाको सकुशल उद्धार