तनहुँमा दशैंमा घर आउनेलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राखिने

तनहुँमा दशैंमा घर आउनेलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राखिने

DaoTanahun

तनहुँ । तनहुँमा दशैंका बेला घर आउनेका लागि अनिवार्य रुपमा १४ दिन क्वारेन्टिनमा राख्ने जिल्ला संकट व्यवस्थापन केन्द्र कोभिड कमाण्डले निर्णय गरेको छ ।

सोमबार प्रमुख जिल्ला अधिकारी सागर आचार्यको संयोजकत्वमा बसेको बैठकले चाडपर्वमा देश तथा विदेशबाट घर आउनेको संख्या अधिक हुँदा कोभिड संक्रमणको जोखिम बढ्ने भन्दै यस अवधिमा आउनेका लागि अनिवार्य रुपमा क्वारेन्टिन राख्ने निर्णय गरेको छ ।

बैठकले तनहुँमा कोेरोना संक्रमणको जोखिम बढिरहेको भन्दै जोखिम कम गर्नका लागि सबै तहमा लागू हुने गरी सावधानी अपनाउन यस्तो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds