गण्डकीमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतक संख्या ३६ पुग्यो

गण्डकीमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतक संख्या ३६ पुग्यो

death body corona

गण्डकी प्रदेशमा मंगलबार थप २ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । गोरखा तथा नवलपरासीका १-१ जनाको कोरोना संक्रमणबाट ज्यान गएको हो ।

नवलपरासी (ब.सु.पू) का १ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । जिल्लाको कावासोती ५ का ७७ वर्षीय महिलाको कोरोनाबाट आज बिहान ३ बजेर ४५ मिनेट जाँदा चितवन मेडिकल कलेजमा ज्यान गएको हो ।

पिसाब तथा श्वासप्रश्वासको समस्याबाट ग्रसित उनको आइसियुमा उपचार भइरहेको थियो । उपचारका लागि उनी असोज १६ गते अस्पताल भर्ना भएकी थिइन् । उनको श्वाब संकलन पश्चात गरिएको परीक्षणका क्रममा उनलाई असोज १८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी गोरखाको बारपाक सुलिकोट ६ का ४५ वर्षीय महिलाले कोरोनाबाट ज्यान गुमाएकी छिन् । उनको उपचारका क्रममा काठमाडौंको बयोधा अस्पतालमा यही असोज १५ गते ज्यान गएको हो । उनी किड्नी सम्बन्धी रोगबाट ग्रसित रहेकी थिइन् ।

यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । त्यसैगरी गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ४ हजार २ सय ४३ पुगेको छ भने निको हुनेको संख्या ३ हजार ४७ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds