पोखरा । कास्की जिल्ला पोखरामा थप ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा पोखरा महानगरका ५ वटा वडाका ६ जना सहित प्रदेशमा मंगलवार २१ जना नयाँ कोरोना संक्रमति थपिएका छन ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणका क्रममा पोखरा वडा नं १ का १८ वर्षीय पुरुष, ३ का २३ वर्षीय पुरुष, ८ का ३३ वर्षीय पुरुष, १० का ५२ वर्षीय पुरुष र ७५ वर्षीया महिला र वडा १७ का ५० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
तनहुँमा २ जना नयाँ कोरोना संक्रमित थपिएका छन । तनहुँको व्यास नगरपालिका र देवघाट गाउँपालिकामा थप नयाँ कोरोना संक्रमित थपिएका हुन । जिल्लाको व्यास-१ की ३० वर्षीया महिला र देवघाट-५ की ३८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । व्यास-१ की ३० वर्षीया महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको फिभर क्लिनिकबाट पहिचान भएकी हुन ।
स्याङ्जाका १ जनालाई संक्रमण पुष्टि भएको छ । उनी जिल्लाको चापाकोट नगरपालिका वडा नम्बर ६ का २६ वर्षी पुरुष हुन् । संक्रमित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको फिभर क्लिनिकबाट पहिचान भएका हुन् ।
यता चितवन मेडिकल कलेज चितवनमा गरिएको परीक्षणका क्रममा नवलपरासी (ब.सु.पू) का ११ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित गैंडाकोट, मध्यविन्दु तथा कावासोतीका हुन् । संक्रमित सबै सोही अस्पतालको आइसोलेसन कक्षमा रहेका छन् ।
गोरखाका १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको सिरानचोक ३ का २२ वर्षीय पुरुष हुन् ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेहरुको सँख्या ४ हजार २ सय ६४ पुगेको छ ।

सम्बन्धित खबर
दुर्गा मन्दिरको कोटी दिप प्रज्वलनको आम्दानी खर्च सार्वजनिक
मादी ५ मा यौन तथा प्रजनन स्वास्थ्य शिविर
कास्की काँग्रेसले बुझायो मेयरलाई अवधारणा
प्रलेस, गण्डकीको सचिवालय गठन, नयाँ कार्ययोजना निर्माण
२४५ जनाको मधुमेह र टिजी जाँच
नेपाल पत्रकार महासंघ कास्कीको मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ