पोखरा । कास्की जिल्ला पोखरामा थप ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा पोखरा महानगरका ५ वटा वडाका ६ जना सहित प्रदेशमा मंगलवार २१ जना नयाँ कोरोना संक्रमति थपिएका छन ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणका क्रममा पोखरा वडा नं १ का १८ वर्षीय पुरुष, ३ का २३ वर्षीय पुरुष, ८ का ३३ वर्षीय पुरुष, १० का ५२ वर्षीय पुरुष र ७५ वर्षीया महिला र वडा १७ का ५० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
तनहुँमा २ जना नयाँ कोरोना संक्रमित थपिएका छन । तनहुँको व्यास नगरपालिका र देवघाट गाउँपालिकामा थप नयाँ कोरोना संक्रमित थपिएका हुन । जिल्लाको व्यास-१ की ३० वर्षीया महिला र देवघाट-५ की ३८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । व्यास-१ की ३० वर्षीया महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको फिभर क्लिनिकबाट पहिचान भएकी हुन ।
स्याङ्जाका १ जनालाई संक्रमण पुष्टि भएको छ । उनी जिल्लाको चापाकोट नगरपालिका वडा नम्बर ६ का २६ वर्षी पुरुष हुन् । संक्रमित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको फिभर क्लिनिकबाट पहिचान भएका हुन् ।
यता चितवन मेडिकल कलेज चितवनमा गरिएको परीक्षणका क्रममा नवलपरासी (ब.सु.पू) का ११ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित गैंडाकोट, मध्यविन्दु तथा कावासोतीका हुन् । संक्रमित सबै सोही अस्पतालको आइसोलेसन कक्षमा रहेका छन् ।
गोरखाका १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको सिरानचोक ३ का २२ वर्षीय पुरुष हुन् ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेहरुको सँख्या ४ हजार २ सय ६४ पुगेको छ ।

सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा