पोखरा – गएराती पोखराको बुलौंदीस्थित सडक डिभाईडरमा मोटरसाइकल ठक्कर खाँदा एक व्यक्तिको मृत्यु भएको छ ।
हल्लनचोकबाट जिरोकिलोमिटर तर्फ जाँदै गरेको ग १६ प ५०६ नम्वरको मोटरसाइकल राती अन्दाजी १ :३० बजेको समयमा पोखरा महानगरपालिका -६ बुलौंदीस्थित डिभाईडरमा ठक्कर खाँदा स्याङ्गजा जिल्ला बिरुवा गाउँपालिका ८ घर भइ हाल पोखरा -१५ नयाँगाउँ बस्दै आएका दिलिप गुरुङको मृत्यु भएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले गण्डक न्युजलाई जानकारी दिए ।
हमालका अनुसार मोटरसाइकल अनियन्त्रित भइ सडकको डिभाईडरमा ठोक्किएर दुर्घटना भएको हो । टाउको र छातीमा गम्भीर चोटलागेका गुरुङलाई सोही स्थानमा खटिएका प्रहरी निरीक्षक रामभक्त भट्टराईको कमाण्डमा खटिएको प्रहरीको टोलीले तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेज लगेपनि उपचारका क्रममा राती २:३५ बजे उनको मृत्यु भएको थियो ।
गुरुङका आफन्तका अनुसार खाना खाइसकेपछी हावा खान भन्दै कोठाबाट निस्किएका उनी ट्याक्सीलाई ओभरटेक गर्ने क्रममा नियन्त्रण गुमाउँदा डिभाईडरमा ठोक्किन पुगेका हुन् ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रवक्ता हमालले जानकारी दिए ।
सम्बन्धित खबर
२६औँ आहा ! रारा पोखरा गोल्डकप माघ ५ गतेदेखि
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा सुझाव संकलन
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते