आफ्नै दाजुबाट ७ बर्षीया बालिका बलात्कृत

आफ्नै दाजुबाट ७ बर्षीया बालिका बलात्कृत

Stop Violence Children And Abuse In Family Concept

सांकेतिक तस्वीर

पूर्वी नवलपरासीको गैडाकोटमा ७ बर्षीया बालिका आफ्नै दाजुबाट बलात्कृत भएकी छिन् । १४ बर्षीय दाजुले आफ्नै ७ बर्षीया बहिनीलाई दिउँसो घर कोही नभएको बेला बलात्कार गरेको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।

बलात्कार पछि अत्यधिक रक्तश्राव भएपछि घटना बाहिर आएको थियो । बलात्कार गर्ने १४ बर्षीय बालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।

बालिकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बालिकाको भरतपुर अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds