तनहुँ । रोटरी क्लब अफ दमौलीले पँधेरी खोला खानेपानी तथा सरसफाइ योजना विस्तृत योजना प्रतिवेदन (डिपीआर) व्यास नगरपालिकालाई हस्तान्तरण गरेको छ ।
बुधबार नगरपालिकालाई रोटरी क्लब अफ दमौलीले उक्त आयोजनाको प्रतिवेदन हस्तान्तरण गरेको हो ।
उक्त योजनाबाट २२९ घर परिवार लाभान्वित हुने रोटरी क्लब अफ दमौलीका अध्यक्ष दामोदर भण्डारीले बताए ।
सो आयोजना १ करोड १६ लाख ४० हजार २१० रुपैयाँको लागतमा निर्माण हुँदैछ ।
सो खानेपानी योजनाको निर्माण अवधि १ वर्षको रहेको इन्जिनियर सुबास गौतमले जानकारी दिए ।

योजनाले चुँदेर, नेपालटार र रानीटारी क्षेत्रका स्थानीय लाभान्वित हुनेछन । योजना निर्माण पश्चात प्रत्येक घण्टा १० हजार लिटर पानी तान्न सकिने छ ।
उक्त योजना निर्माणमा व्यास नगरपालिकाले समेत आर्थिक सहयोग गर्ने नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।
उक्त आयोजनालाई रोटरी क्लब अफ होनोलुलु युएसय, व्यास नगरपालिका, व्यास नगरपालिका वडा नम्बर ५, रोटरी क्लब अफ दमौली, स्मार्ट सिभिल कन्सल्टेन्सी (डीपीआर तयारी) लगाएतका संस्थाले सहयोग गरेको छ ।
कार्यक्रममा स्वागत क्लबका निवर्तमान अध्यक्ष सुर्ज कुमार मल्ल र संचालन क्लबमा आगामी अध्यक्ष दिनेश कुमार श्रेष्ठले गरेका थिए ।
उक्त कार्यक्रममा क्लबका अध्यक्ष दामोदर भण्डारी, निवर्तमान अध्यक्ष सुर्ज कुमार मल्ल लगाएतले बोलेका थिए ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए