रोटरी दमौलीले २२९ घरका लागी खानेपानी आयोजना बनाउदै, डिपीआर व्यास नगरपालिकालाई हस्तान्तरण

रोटरी दमौलीले २२९ घरका लागी खानेपानी आयोजना बनाउदै, डिपीआर व्यास नगरपालिकालाई हस्तान्तरण

तनहुँ । रोटरी क्लब अफ दमौलीले पँधेरी खोला खानेपानी तथा सरसफाइ योजना विस्तृत योजना प्रतिवेदन (डिपीआर) व्यास नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

बुधबार नगरपालिकालाई रोटरी क्लब अफ दमौलीले उक्त आयोजनाको प्रतिवेदन हस्तान्तरण गरेको हो ।

उक्त योजनाबाट २२९ घर परिवार लाभान्वित हुने रोटरी क्लब अफ दमौलीका अध्यक्ष दामोदर भण्डारीले बताए ।
सो आयोजना १ करोड १६ लाख ४० हजार २१० रुपैयाँको लागतमा निर्माण हुँदैछ ।

सो खानेपानी योजनाको निर्माण अवधि १ वर्षको रहेको इन्जिनियर सुबास गौतमले जानकारी दिए ।

योजनाले चुँदेर, नेपालटार र रानीटारी क्षेत्रका स्थानीय लाभान्वित हुनेछन । योजना निर्माण पश्चात प्रत्येक घण्टा १० हजार लिटर पानी तान्न सकिने छ ।

उक्त योजना निर्माणमा व्यास नगरपालिकाले समेत आर्थिक सहयोग गर्ने नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।

उक्त आयोजनालाई रोटरी क्लब अफ होनोलुलु युएसय, व्यास नगरपालिका, व्यास नगरपालिका वडा नम्बर ५, रोटरी क्लब अफ दमौली, स्मार्ट सिभिल कन्सल्टेन्सी (डीपीआर तयारी) लगाएतका संस्थाले सहयोग गरेको छ ।

कार्यक्रममा स्वागत क्लबका निवर्तमान अध्यक्ष सुर्ज कुमार मल्ल र संचालन क्लबमा आगामी अध्यक्ष दिनेश कुमार श्रेष्ठले गरेका थिए ।

उक्त कार्यक्रममा क्लबका अध्यक्ष दामोदर भण्डारी, निवर्तमान अध्यक्ष सुर्ज कुमार मल्ल लगाएतले बोलेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds