गुण्डा नाइके राधे भण्डारी पक्राउ

गुण्डा नाइके राधे भण्डारी पक्राउ

Radhe-Bhandari-890

गुण्डागर्दीमा संलग्न भएको आरोप लाग्दै आएका राधे भण्डारी धादिङमा पक्राउ परेका छन् । सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धाक–धम्की दिएको अभियोगमा उनलाई पक्राउ गरिएको धादिङका प्रहरी उपरिक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो ।

सिद्धलेक गाउँपालिकामा क्रसर उद्योग सञ्चालन गर्दै आएका उनले बालुवा निकाल्ने ठेक्काको म्याद समाप्त भएपछि पनि अवैध तरिकाले बालुवा निकालेपछि स्थानीय निकायले विरोध गर्दै आएको थियो ।

सोही क्रममा उनले जनप्रतिनिधिलाई धम्की दिंदै आएको बुझिएको छ । राधे पक्राउ परेसंगै उनको क्रसर उद्योग पनि बन्द गराएको छ । अर्काको नाममा ठेक्का पारेर उनले सिद्धलेकमा बालुवा र गिट्टी निकाल्दै आएको पनि खुलासा भएको छ ।

नेपाली काँग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्ष समेत रहेका भण्डारीले धादिङमा हुने ठेक्का पट्टा र अवैध बालुवा खानीको कमिशनमा एकछत्र राज गर्दै दिनेश अधिकारी चरी समूहका आयुप तामाङको हात काटेका थिए ।

गुण्डा नाइके चरी भीमढुंगामा प्रहरीको इन्काउन्टरमा मारिएपछि धादिङको गुण्डागर्दीमा राधे समूहले पकड राख्दै आएको बुझिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds