पोखरामा थप २४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सुक्रबार स्वास्थ्य निर्देशनालयको पहिलो अद्यावधिक विज्ञप्ति अनुसार पोखरामा थप २४ कोरोना संक्रमित थपिएको विज्ञप्तिमा उल्लेख छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा पोखरा वडा नंं ५ का ३२ वर्षीय पुरुष, वडा नं ८ का ५५ वर्षीया महिला , वडा नं ९ का ४४ वर्षीया महिला, वडा नं २७ का ३६ वर्षीय पुरुष, वडा नं २९ का २५, ४३ ४६ र ६० वर्षीय पुरुष, वडा नं ३० का ३८ वर्षीय पुरुष, वडा नं ३१ का ६० वर्षीय पुरुष, वडा नं ३२ का १६ र ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै नयाँबजार स्थित गण्डकी मेडिकल कलेजमा उपचाररत ४२ र ८१ वर्षीय पुरुष, चरक अस्पताल नागढुंगामा उपचाररत ४७, ६०, ६६, ७८ र ८५ वर्षीय पुरष, २५, ४९, ५५ र ६० वर्षीया महिलामा कोरोना पुष्टि भएको छ । त्यस्तै न्यूरोड स्थित पद्यम नरसिङ होमका कार्यरत ६२ वर्षीय चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
लमजुङ सुन्दरबजार नगरपालिका ३ जनालाई संक्रमण पुष्टि भएको छ ।
तनहुँमा ५ जना कोरोना संक्रमित थपिएका छन । जिल्लाको व्यास नगरपालिकामा शुक्रबार ५ जना कोरोना सङ्क्रमित थपिएका हुन । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा व्यास नगरपालिका–२, ३ र ४ का चार पुरुष र एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
व्यास-२ का ४२ र ५९ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । यस्तै व्यास-३ का ३४ वर्षीय पुरुष र २४ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै व्यास-४ का ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । व्यास-२ का एक जना संक्रमित औषधि व्यवसायी हुन ।
त्यस्तै अर्का एक संक्रमित लक्ष्मी बैंकका कर्मचारी रहेको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए । २ जना भने जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रकी संक्रमित कर्मचारीको परिवारको सदस्य हुन । त्यस्तै अर्का एक जना भने भारतबाट आएका व्यक्तिका परिवारका सदस्य हुन । क्रमित सबै व्यास नगरपालिका भित्रका स्थानीय व्यक्ति हुन ।
नवलपरासी (ब.सु.पू) मा २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको कावासोती २ का ४५ तथा ८ का ५१ वर्षीय पुरुष रहेका छन् ।
गोरखामा १ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको पालुङटार ८ का ४० वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार ५३३ पुगेको छ ।


सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा