पर्वतका बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी रिमाल पोखराको औद्योगिक क्षेत्रबाट पक्राउ

पर्वतका बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी रिमाल पोखराको औद्योगिक क्षेत्रबाट पक्राउ

police-arrested

पर्वत – बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी कुश्मा नगरपालिका-१४ आर्थरडाँडाखर्क बस्ने २६ वर्षीय ढुण्डीराज रिमाललाई प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत तुल्सीपुर वुटवलको २०७६ बैशाख ८ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ७ लाख ७४ हजार ३ सय ९८ रुपैयाँ जरिवाना र ६ महिना कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीको टोलीले कास्की प्रहरीको समन्वयमा पोखरा महानगरपालिका -१३ स्थित औद्योगीक क्षेत्रबाट पक्राउ गरेको हो ।

पक्राउ परेका रिमाललाई जिल्ला अदालत पर्वत बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 2 seconds