प्रहरी, डाक्टर र वकिलसहित व्यास नगरपालिकामा ११ जना कोरोना संक्रमित थपिए

प्रहरी, डाक्टर र वकिलसहित व्यास नगरपालिकामा ११ जना कोरोना संक्रमित थपिए

Corona update 4

तनहुँ । तनहुँमा थप ११ जना कोरोना संक्रमित थपिएका छन । जिल्लाको व्यास नगरपालिकामा थप ११ जनामा कोरोना संक्रमण भेटिएको छ ।

व्यास-१ का ३७, व्यास-२ का ५३ र १२ र व्यास-४ का २७ र व्यास-५ का २८ वर्षका पुरुषमा संक्रमण देखिएको छ ।

यसैगरी व्यास-१० का ८ वर्षका बालक र ३४ वर्षका पुरुष र सोही वडाका २८ र ४० वर्षीया महिला कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । यसैगरी ३८ वर्षका पुरुष प्रहरीमा पनि संक्रमण भेटिएको निर्देशनालयले जनाएको छ ।

योसँगै तनहुँमा संक्रमित बिहीबार २७ जना संक्रमित पुगेका छन् । संक्रमितमध्ये एक जना व्यास हस्पिटलका डाक्टर हुन । त्यस्तै अर्का एक जना वकिल हुन भने अर्का एक स्थानीय हुन । ७ जना संक्रमित विदेशबाट आएका हुन ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ