पोखरा सहित कास्कीका १ दर्जन बढी स्थानमा आज विद्युत अवरुद्ध

पोखरा सहित कास्कीका १ दर्जन बढी स्थानमा आज विद्युत अवरुद्ध

bijuli

पोखरा –  रुखका हाँगाहरु काट्नुपर्ने भएकाले आज पोखरा महानगरका केही स्थान लगायात कास्कीका विभिन्न क्षेत्रहरुमा विद्युत अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रद्वारा जारी सूचना अनुसार आज बिहान ८ बजे देखि दिउँसो ११ बजेसम्म रानीपौवा, माटेपानी, र भेटेनरी अस्पताल आसपासका स्थानमा विद्युत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

यस्तै शनिवार नै लुम्ले फिडर अन्तर्गत अन्नपूर्ण गाउँपालिकाला लुम्ले, सल्यान, नयाँपुल, लुवेरा, विरेठाँटी, चन्द्रकोट, हवाडी सहित माछापुछ्रे गाउँपालिकाका हेम्जाकोट, अस्ताम, धिताल, खोराकोमुख, ल्वाङ घलेल, सिदिङ लगायतका क्षेत्रमा मोदी लेखनाथ १३२ केभी प्रशारण लाईन विस्तारको कार्य रहेकाले सो क्षेत्रहरुमा शनिवार बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने जारी सूचनामा जनाइएको छ  ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ