गण्डकी प्रदेशमा आज मात्रै अहिलेसम्म ७५ जना कोरोना संक्रमित थपिएका छन् । पोखरामा २६ जना थपिए । फेवा सिटी अस्पतालमा उपचारका लागि आएका ६ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ४ हजार ६ सय ९२ पुगेको छ । तीमध्ये ३२ सय २७ जना निको भएका छन् । ४० संक्रमितको मृत्यु भएको छ ।
पोखरामा १० सहित प्रदेशभर थपिए ३१ संक्रमित
पहिलो विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४ जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमा बागलुङका ११, कास्कीका १०, तनहुँका ७, गोरखाका ३ जना छन् । कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगर वडा नं. ३ ओम अस्पतालमा कार्यरत ३० वर्षीया स्टाफ नर्स, ८ का ३८ वर्षीय पुरुष, १२ का ४९ वर्षीय पुरुष, १७ का ३० वर्ष उमेर समुहका ३ जना पुरुष, ३३ का ४२ वर्षीय पुरुष र वडा नखुलेका ३१ र ५४ वर्षीय पुरुष कोरोना संक्रमित भएका हुन् ।
त्यस्तै, तनहुँ व्यास ४ का ७२ वर्षीय पुरुष, तनहुँ रिसिङ २ का २० वर्षीय पुरुष र ४ का २१ र ३१ वर्षीय पुरुष, तनहुँ दुलेगौंडा जिपी कोइराला श्वासप्रस्वास उपचार केन्द्रमा कार्यरत २३ वर्षीया स्टाफ नर्स र प्रशासनमा कार्यरत २७ वर्षीय पुरुष र २९ वर्षीया महिला, गोरखा भिमसेन थापा ६ का ३१ वर्षीय पुरुष र गण्डकी ४ का २३ र ६३ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ ।
त्यसैगरी, वागलुङ जिल्ला वागलुङ नगरपालिका १ का जन प्रतिनिधी समेत रहेका ३८ वर्षीय पुरुष र सोही वडाकी ३५ वर्षीय स्वास्थ्यकर्मी, ५ का ५५ वर्षीय पुरुष, ७ की ४६ वर्षीया महिला, ९ का २३ र ३० वर्षीय पुरुष, जैमिनी ५ का ३४ वर्षीय पुरुष, ७ की ३० वर्षीया महिला, १० का ४२ वर्षीय पुरुष, तारा खोला ३ का ३३ वर्षीय पुरुषमा कोरोना देखिएको निर्देशनालयद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

पोखराका ६ सहित गण्डकी प्रदेशमा ३१ कोरोना संक्रमित थपिए
दोस्रो विज्ञप्ति अनुसार पोखराका ६ सहित गण्डकी प्रदेशमा ३१ कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले कास्कीका ६ जना, म्याग्दी र लमजुङका एक–एक जना तथा नवलपुर गैंडाकोटका २३ जना गरी थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
संक्रमण पुष्टि हुनेमा पोखरा २ का ६२ वर्षीय पुरुष, ४ की २१ वर्षीया महिला, १४ का ७७ वर्षीय पुरुष, १५ का ५१ वर्षीय पुरुष, १९ का २३ र ४८ वर्षीय पुरुष, म्याग्दी वेनीकी ५४ वर्षीया महिला तथा लमजुङ सुन्दर वजार ९ का ४९ वर्षीय पुरुष रहेका छन ।
पोखराका १९ का २३ वर्षीय पुरुष बाहेकका ५ जना र म्याग्दीकी महिला फेवा सिटी अस्पतालमा उपचारका लागि आएका विरामीहरु रहेका निर्देशनालयले जनाएको छ ।
त्यस्तै, नवलपुर गैंडाकोटका ८ वटा वडाका २१ देखि ६५ वर्ष उमेर सुमहका १३ पुरुष तथा २० देखि ६७ उमेर समुहका २० जना महिलामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

पोखरामा १० सहित १३ थप
आजको तेस्रो विज्ञप्ति अनुसार पोखराका १० सहित प्रदेशमा १३ थना थप भएका छन् । गोरखा, स्याङ्जा र पर्वतका १–१ जना रहेका छन् ।
पोखरामा थप हुनेहरुमा पोखरा १३ का १७ वर्षीया महिला, वडा नखुलेका ३१ वर्षीय पुरुष, वडा नं. २६ की २६ वर्षीया महिला, वडा नं. ७ का ३१ र ६० वर्षका पुरुष, वडा १ का ३७ वर्षीय पुरुष, १७ का ४२ वर्षीय पुरुष, वडा नखुलेका २९ र ३५ वर्षीया महिला, वडा १० का २४ वर्षीया महिला रहेका छन् ।
यस्तै, स्याङ्जा चापाकोट ८ का ५१ वर्षीय पुरुष, पर्वत कुश्मा १० का ३० वर्षीय पुरुष, गोरखा पालुङटार ७ की २५ वर्षीया महिला रहेका छन् ।

सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु