तनहुँको व्यास नगरपालिकालाई रोटरी नेपालले दियो पीसीआर मेसिन

तनहुँको व्यास नगरपालिकालाई रोटरी नेपालले दियो पीसीआर मेसिन

PCR Machine Rotary Vyas municipality

तनहुँ । रोटरी नेपालले तनहुँको व्यास नगरपालिकालाई पीसीआर मेसिन हस्तान्तरण गरेको छ ।

विश्वव्यापी फैलिएको कोरोना भाईरस (कोभिड १९) को परीक्षणका लागी आवश्यक पर्ने पोर्टएबल पीसीआर मेसिन रोटरीले व्यास नगरपालिकालाई शनिबार एक कार्यक्रम आयोजना गरि हस्तान्तरण गरेको हो ।

उक्त पीसीआर मेसिनले अबका दिनमा परिक्षणमा सहयोग पुग्ने व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । उनलेे भने ‘कोरोना नियन्त्रण एवं नियमनमा उक्त मेसिनले अहम भुमिका खेल्नेछ ।’

गण्डकी प्रदेश प्रमुख अमिक सेरचनको प्रमुख आतिथ्यमा रोटरी नेपालले व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलाई सो मेसिन हस्तान्तरण गरेको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ