पोखराका २८ सहित गण्डकी प्रदेशमा फेरि ३२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। तेस्रो विज्ञप्ति अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा २ जिल्लाका ३२ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमा कास्कीका २८, तनहुँका १, स्याङ्जा ३ जना छन् । कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा ५ का २१ वर्षीय पुरुष, ६ का ७१ वर्षीय पुरुष, ७ का ३६ वर्षीय पुरुष, ८ का ५५ वर्षीय पुरुष, १५ का ४५ वर्षीय पुरुष, १६ का ३ वर्षीया बालिकासहित १७, २६, २७, ३३, ३९, ५०, ५५ र ७७ वर्षीया महिलाहरु तथा ५ वर्षीय बालकसहित १९, २८, ३२, ५३ र ५९ वर्षीय पुरुष र १७ का ३५, ३६, ३७ र ४१ वर्षीय पुरुष तथा २१ र ६१ वर्षीया महिला रहेका छन ।
स्याङ्जामा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित भीरकोट तथा वालिङका हुन् ।
तनहुँमा १ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको ब्यास नगरपालिका वडा नम्बर ४ का २० वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङका माध्यमबाट पहिचान भएका हुन् । उनीहरुलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।
आज बिहान समेत पोखरामा २३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार ८०१ पुगेको छ ।

सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु