आइपिएलमा दिल्ली क्यापिटल्समाथि ५ विकेटको जित निकाल्दै मुम्बई इन्डियन्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
आइतबार राति अबुधावीमा भएको खेलमा दिल्लीलाई पराजित गरेपछि मुम्बई ७ खेलबाट १० अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। समान खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा झरेको दिल्लीले सिजनमा दोस्रो हार बेहोर्यो।
पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेटको क्षतिमा १६४ रन जोड्यो। दिल्लीका लागि शिखर धवनले नटआउट ६९ रन जोडेका थिए।
ओपनर पृथ्वी शाह ४ रनमा आउट हुँदा अजिन्का राहाणेले १५ रन मात्र बटुल्न सके। त्यसपछि कप्तान श्रेयर इयरले ४२ रन जोड्दा मार्कोस स्टोइनिस १३ रनमा रनआउट भए। एलेक्स क्यारीले नटआउट १४ रन जोडे।
बलिङमा मुम्बईका क्रुनाल पाण्ड्याले २ विकेट लिए। ट्रेन्ट बोल्टको नाममा १ विकेट रह्यो। १६३ रनको लक्ष्य मुम्बईले २ बल खेल्न बाँकी छदा पाँच विकेटको क्षतिमा पूरा गर्यो।
ओपनर तथा कप्तान रोहित शर्मा ५ रनमा आउट भए पनि क्वान्टन डि कक र सूर्यकुमार यादवले अर्धशतक प्रहार गरे।
दुवैले ५३-५३ रन जोडे। ककले ३६ बलमा ४ चौका र ३ छक्का तथा सूर्यकुमारले ३२ बलमा ६ चौका र १ छक्का हिर्काए। इशान किसनले २८ रन जोडे भने केइरन पोलार्डले नटआउट ११ रन र केइरन पोलार्डले नटआउट १२ रन जोडे।
बलिङमा दिल्लीका कागिसो रबडाले २ विकेट लिए। अक्षर पटेल, रविचन्द्रन आश्विन र स्टोइनिसले १-१ विकेट लिए। आइपिएलमा सोमबार रोयल च्यालेन्जर्स बेंग्लोर र कोलकता नाइटराइडर्सबीच खेल हुनेछ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’