गण्डकी प्रदेशमा संक्रमितको संख्या ठ्याक्कै ५ हजार १ सय पुगेको छ । आज पोखरामा ५२ जना सहित प्रदेशभर १२९ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले ३ वटा विज्ञप्ति जारी गर्दै समग्रमा १२९ जनामा कोरोना पुष्टि भएको जनाएको हो । गण्डकी प्रदेशमा मंगलबार थप १ सय ३० जना डिस्चार्ज भएसँगै प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार ४ सय ४९ पुगेको छ ।
पोखराका पत्रकारहरुमा संक्रमण तीब्र बनेको छ । अहिलेसम्म झण्डै दर्जन पत्रकारहरु संक्रमित भइसकेका छन् । यसमध्ये ७ जनाले आफ्नो स्वास्थ्य अवस्था सार्वजनिक गरेका छन् । आज २ जना पत्रकारहरुमा संक्रमण पुष्टि भएको छ । नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेलले आफूमा कुनै लक्षण नभएको तर पोजिटिभ नतिजा आएको सार्वजनिक गरेका छन् । प्रायः फोटो पत्रकारहरुमा संक्रमण देखिएको छ ।

पछिल्लो तेस्रो विज्ञप्ति अनुसार एकैपटक ७६ जनामा संक्रमण देखिएको छ । पोखराका १७ जनामा पुष्टि भएको छ । दोस्रो विज्ञप्ति अनुसार पोखरा महानगरपालिकाका १७ र तनहुँका २ जना गरी गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पहिलो विज्ञप्ति अनुसार संक्रमण पुष्टि हुनेमा पोखराका १८ जना छन् । पोखराको मणिपाल अस्पतालमा उपचाररत २६ वर्षीय पुरुष, चरक मेमोरियल हस्पिटलमा उपचाररत ४२ वर्षीय पुरुष तथा गण्डकी मेडिकल कलेजमा उपचाररत ३२, ३६, ३८ र ७० वर्षीय पुरुष तथा २३ वर्षीया महिला रहेका छन् ।
त्यसैगरी, पोखरा महानगर वडा नं. १ की १ महिला, २ का १ पुरुष, ३ का २ पुरुष र १ महिला , ५ का ३ पुरुष ७ का ६ पुरुष र १ महिला, ९ का २ पुरुष र २ महिला, १० का १ पुरुष २ महिला, ११ का २ पुरुष, १३ का पुरुष, १४ का २ पुरुष, १५ का १ पुरुष र १ महिला, १७ का ४ पुरुष, १९ का २ पुरुष, २० की एक महिला, २४ का १ पुरुष, २५ का एक पुरुष, २५ का १ पुरुष, २७ की १ महिला, ३० का १ पुरुष, ३१ का १ पुरुष तथा वडा नखुलेका ५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
लमजुङ मध्येनेपाल र सुन्दरबजारका १–१ जना पुरुष, लमजुङ दोर्दी गाउँपालिका स्थित लिवर्टी हाइड्रोपावरमा कार्यरत २४ पुरुष र ३ महिला, स्याङजा चापकोटका १० पुरुष तथा ४ महिला, वालिङ १ का एक पुरुष, ९ का एक पुरुष, १० का एक पुरुष, पर्वत जलजला ८ का एक पुरुष, कुश्मा १ का एक पुरुष र मनाङ चामेकी एक महिलामा कोरोना देखिएको छ।
तनहुँ शुक्लागण्डकी ५ की एक महिला, सोही नगरपालिका अन्तरगत ठेगाना नखुलेका ३ वर्षीय बालक र एक महिनाकी बालिका, भिमाद ६ का तिन महिला र चार पुरुष, व्यास ११ का एक पुरुष, व्यास २ का तिन पुरुष र तिन महिला, ३ का तिन पुरुष र चार महिला, ४ का एक महिला र एक पुरुष, आँवुखैरेनी ३ का एक १२ वर्षीय बालक र वन्दीपुर १ की एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु