पोखरामा उपचाररत लमजुङका कोरोना संक्रमितको मृत्यु

पोखरामा उपचाररत लमजुङका कोरोना संक्रमितको मृत्यु

corona-death pkr

तस्विर सौजन्य: राधिका कँडेल (पत्रकार, पोखरा)

लमजुङको बेंसीसहर नगरपालिका २, घर भएका ५६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट पोखरामा मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा आईसीयुमा उपचार गराइरहेका उनको मंगलबार दिउँसो ४ बजेर २३ मिनेट जाँदा मृत्यु भएको हो ।

अस्पताल निर्देशक सह–प्राध्यापक डा. अर्जुन आचार्यद्वारा जारी विज्ञप्तिमा असोज १८ गते कोभिड संक्रमण भई उपचार केन्द्रको आईसीयुमा भर्ना गरी उपचार गराइरहेका ती व्यक्तिको मृत्यु भएको उल्लेख छ ।

ती व्यक्तिमा कोभिड १९, मुटुको समस्या, मधुमेहको समस्या रहेको आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।कोभिड १९ पोजिटिभ भएर प्रतिष्ठानमा मृत्यु भएको उनी १२ औं व्यक्ति रहेको अस्पतालले जनाएको छ ।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ । मृत्यु हुनेमा कास्कीका १२, नवलपुरका ९, गोरखाका ७, तनहुँका ५, स्याङ्जाका ४, लमजुङका २, बागलुङ र म्याग्दीका १/१ जना छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ