तनहुँका ११ जनामा कोरोना पुष्टि, व्यास नगरपालिकाका मात्रै १० जना

तनहुँका ११ जनामा कोरोना पुष्टि, व्यास नगरपालिकाका मात्रै १० जना

Corona Test PCR

तनहुँ । तनहुँमा ११ जना कोरोना संक्रमित थपिएको छ ।

जिल्लाको व्यास नगरपालिकाका १० जना र ठेगाना नखुलेको एक जना गरि ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

व्यास-१ का ४३, ३१ वर्षीय पुरुष र १७ वर्षीया महिलामा कोरोना संक्रमण भएको छ ।

त्यस्तै व्यास-२ का ३८ वर्षीय पुरुष, व्यास-५ का ३२ वर्षीय पुरुष, व्यास-४ का १० वर्षीय बालक र व्यास-४ कै ५ र १३ वर्षीया बालिका तथा ६१ र ३० वर्षीया महिलामा कोरोना संक्रमण भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन ।

त्यस्तै पालिका र वडा नखुलेको तनहुँको २४ वर्षीया महिलामा समेत कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

संक्रमित महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकबाट पहिचान भएकी हुन ।

उनि प्रतिष्ठानको प्रि-आईसोलेसनमा बसेकी छिन ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ