तनहुँको व्यास र ऋषिङमा ६ जना कोरोना संक्रमित थपिए

तनहुँको व्यास र ऋषिङमा ६ जना कोरोना संक्रमित थपिए

Corona update 4

तनहुँ । तनहुँमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार बिहान जिल्लाको व्यास नगरपालिकाका ५ जना र ऋसिङ्ग गाउँपालिकाका १ जना गरि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्लाको व्यास-३ का ५०, ३५, ३२, २३ र २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

त्यस्तै ऋषिङ-४ का ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

तनहुँमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ जना पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ