पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ३९२ जनामा कोरोना पुष्टि, २१ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ३९२ जनामा कोरोना पुष्टि, २१ संक्रमितको मृत्यु

death body corona

पछिल्लो २४ घण्टामा मुलुकभर थप ४ हजार ३९२ जनामा कोरोना भाइरस पुष्टि भएको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ हजार ३८२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ३ हजार ५२२ जना कोरोना सङ्क्रमणमुक्त भइ डिस्चार्ज भएको मन्त्रालयद्वारा जारी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा डा. जागेश्वर गौतमले जानकारी दिए । हालसम्म कोरोना सङ्क्रमणमुक्त भइ डिस्चार्ज हुनेको सङ्ख्या ८८ हजार ४० पुगेको छ । आज १६ हजार ५३१ पिसिआर परीक्षण गरिएको छ ।

योसंगै देशभर कुल सङ्क्रमितको सङ्ख्या १ लाख २६ हजार १३७ पुगेको छ । साथै मुलुकभर विभिन्न क्वारेन्टिनमा चार हजार ८०८ जना रहेका छन् ।

थप २१ संक्रमितको मृत्यु, मृतकको संख्या ७१५ पुग्यो

नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७१५ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds