तनहुँ । युनियन लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेड तनहुँ शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ ।
कम्पनीले एक कार्यक्रमको आयोजना गरि व्यास १ तनहुँका मृतक विमित कृष्ण पन्तको परिवारलाई घरमै पुगी दाबी रकम हस्तान्तरण गरेको हो ।
वैदेशिक रोजगार (म्यादी) विमा अन्र्तगत १४ लाख बराबरको रकम राष्ट्रिय सभाका सांसद प्रकाश पन्थ , कम्पनीका गण्डकी प्रदेश प्रमुख टि.एन आचार्य तथा ब्यास १ का वडा अध्यक्ष खरसिङ्ग दरैले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
गत वैशाखमा वैदेशिक रोजगारका क्रममा विमित कृष्ण पन्थको कतारमा निधन भएको थियो ।
चेक रकम हस्तान्तरण गर्दै राष्ट्रिय सभाका सभासद पन्थले विमा गर्दा जस्तो सजिलो हुन्छ दावि भुक्तानीमा पनि सोही अनरुप बिना झन्झट रकम विमितले पाउनु पर्नेमा जोड दिए ।
जोखिम वहन र बचतको भरपर्दो माध्यम जीवन विमा भएकोले आफ्नो आयश्रोत अनुसार विमा गर्नु पर्नेे उनले बताए ।
व्यास-१ का वडाअध्यक्ष खरसिङ्ग दरैले विमितको निधन पछि परिवारमा हुने आर्थिक विचलनलाई कम गर्न पनि जीवन विमा आवश्यक हुने बताउदै मृत्यु दाबी भुक्तानी वापत प्राप्त गरेको रकमको सहि सदुपयोग गर्न बीमितको परिवारलाई आग्रह गरे ।
कम्पनीका गण्डकी प्रदेश प्रमुख टि.एन आचार्यले जीवन विमा अहिलेको पस्थितीमा अपरिहार्य भएको बताउदै यस कम्पनीले आफ्नो स्थापनाको छोटो समयमा नै नेपाली समुदायको मन जित्दै ब्यावसायिक सफलता प्राप्त गरेको बताए ।
विमितको बिमा गराउनु मात्र ठुलो नभई युनियन लाईफले विमितलाई प्रदान गर्ने सेवा सुविधाको विषयमा पनि महत्व दिदै आफ्ना सेवालाई प्रभावकारी बनाउदै लगिएको उनले बताए ।
विमित पन्थको मृत्यु दावि भुक्तानी अन्र्तगत शव ल्याउदा १ लाख, क्रिया खर्च बापत १ लाख, आय नोक्सानी बापत २ लाख र विमाङ्क १० लाख गरी कुल १४ लाख वरावरको चेक रकम हस्तान्तरण गरिएको कंम्पनीका दमौली शाखा प्रमुख राजकुमार श्रेष्ठले जानकारी दिए ।
मृतकका बुबा भोलानाथ पन्थ र श्रीमती निर्मला पन्थलाई उक्त चेक रकम हस्तान्तरण गरिएको हो ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान