देशभर थप ३ हजार १६७ जनामा कोरोना पुष्टि, १२ संक्रमितको मृत्यु

देशभर थप ३ हजार १६७ जनामा कोरोना पुष्टि, १२ संक्रमितको मृत्यु

corona death

पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ४३८ आरटी–पीसीआर परीक्षण गर्दा ३ हजार १६७ जनामा संक्रमण पुष्टि भएको हो ।

कोभिड–१९ को राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले राजधानी काठमाडौं उपत्यकामा १ हजार ७४६ संक्रमित थपिएका जानकारी दिए । जसमध्ये काठमाडौं जिल्लामा १ हजार ४५१, ललितपुर जिल्लामा १५२ र भक्तपुर जिल्लामा १४३ संक्रमित थपिएका हुन् ।

देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ रहेको प्रवक्ता गौतमले बताए । जसमध्ये संस्थागत आइसोलेसनमा १३ हजार २९९ जना र होम आइसोलेसनमा २५ हजार ४३८ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ७२७ पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ