आइसोलेसनमा कालिका टोलद्वारा सहयोग

आइसोलेसनमा कालिका टोलद्वारा सहयोग

received_821594535342034

तनहुँ । तनहुँको व्यास-२ मा रहेको कालिका टोलले आइसोलेसनमा सहयोग गरेको छ ।

व्यास-२ स्थित पुरानो कृषि विकास बैंकको भवनमा संचालित आइसोलेसन पुगेर टोलले सहयोग गरेको हो ।

टोलले खानेपानी, मास्क, ग्ल्ब्स, स्यानिटाइजर, चाउचाउ, बिस्कुट लगाएतका सामाग्री सहयोग गरेको हो ।

टोल विकास संस्थाका अध्यक्ष इमकुमार मल्ल, सचिव दिनेशकुमार श्रेष्ठ, कोषाध्यक्ष ओमराज श्रेष्ठ, सदस्य चुडालाल मल्ल, सल्लाहकार बैकुण्ठनाथ मिश्र लगायतले शनिबार आइसोलेशनमा पुगेर उक्त सामग्री हस्तान्तरण गरेका हुन ।

सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सामाग्री आइसोलेसनमा हस्तान्तरण गरिएको टोलले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ