अवैध लागुऔषधसहित पोखराको विजयपुरबाट २९ वर्षीय युवक पक्राउ

अवैध लागुऔषधसहित पोखराको विजयपुरबाट २९ वर्षीय युवक पक्राउ

p[rabhat-subedi

पोखरा – कास्की प्रहरीले अवैध लागुऔषध सहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं – २४ स्थायी घर भइ हाल पोखरा – २६ विजयपुर बस्दै आएका २९ वर्षीय प्रभात सुवेदी रहेका छन्।

कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालका अनुसार जिल्ला प्रहरी कार्यालय तथा मातहत ईलाका प्रहरी कार्यालय हंशपुर शिसुवाबाट खटिएको प्रहरीको टोलीले चेकजांच गर्ने क्रममा शनिवार दिउँसो अन्दाजी १:३० बजेको समयमा अवैध लागुऔषध डाईजेपाम ६० एम्पुल, फेनारागन ६० एम्पुल र नुर्फिन ६० एम्पुल गरी जम्मा १८० एम्पुल सहितलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सुवेदीलाई लागुऔषध नियन्त्रण ऐन,२०३३ विपरितको कसूर अन्तर्गत अनुसन्धान शुरु गरिएको प्रवक्ता हमालले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ