गण्डकी प्रदेशमा आज एक जनाको मृत्यु भएको छ भने ९७ जना संक्रमित थपिएका छन् । पोखरामा ३० जना सहित प्रदेशमा ९७ जना थपिएका हुन् । पोखरा चरक मेमोरियल अस्पतालमा ७० वर्षीया महिलाको उपचार क्रममा मृत्यु भएको छ । पोखरामा लगातार ५ दिनमा ६ संक्रमितको मृत्यु भएको छ ।
चरक मेमोरियल अस्पतालमा पोखरा महानगरपालिका वडा नम्बर ९ की ७० वर्षीया महिलाको आज बिहान ८ बजे ४५ मिनेट जाँदा ज्यान गएको हो ।
यससँगै प्रतिष्ठानमा उपचारका क्रममा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । गण्डकी प्रदेशमा कोरोनाबाट हालसम्म ५० जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा कास्कीका १५, नवलपुर ९, तनहुँका ९, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका २ र म्याग्दीका १ जना छन् ।
चरक हस्पिटलमा हालसम्म ३ कोरोना संक्रमितको ज्यान गएको छ ।यस अघि कोरोना सङ्क्रमण भई चरक हस्पिटलमा उपचाररत पोखरा १७ का ४७ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार दिउसो ४ः५० मा र बागलुङ नगरपालिका २ का ७७ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार दिउसो १२ ः१० बजे मृत्यु भएको थियो ।
गण्डकी प्रदेशमा आइतबार बिहान थप ५२ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार बिहान कास्कीको पोखरा महानगरका ८ सहित, तनहुँका १६ जना, गोरखाका ३ जना, स्याङजाका ५ जना, लमजुङका १ जना र नवलपुरका १९ जना गरि थप ५२ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।
संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका ९ का २ महिला, १० का १ पुरुष तथा २ महिला, १४ की १ महिला, १६ का १ पुरुष र २१ की १महिला , तनहुँको शुक्लागण्डकीका ४ वटा वडाका ४ पुरुष तथा ३ महिला, ब्यास २ र ४ का ४ पुरुष तथा ४ महिला, भानुकी १ महिला रहेका छन् ।
त्यस्तै स्याङजाको चापाकोटका १९ पुरुष तथा ३ महिला, वालिङका ३ पुरुष तथा १ महिला, चापाकोटका १ पुरुष, लमजुङ सुन्दरबजारकी १ महिला, गोरखाको गोरखा नगरपालिकाका १ पुरुष, तथा २ महिला एवं नवलपुर गैंडाकोटका ९ पुरुष तथा ३ महिला, देबचुलीका १ पुरुष तथा २ महिला र कावासोतीका १(१ महिला पुरुषमा आइतबार बिहान कोरोना पुष्टि भएको छ ।
पोखरा महानगरका २० सहित कास्की जिल्लामा २२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार आइतबार दिउसो कास्कीको पोखरा महानगरका २० जना र अन्नपुर्ण गाउँपालिकाका २ जना गरी कास्कीमा २२ कोरोना संक्रमित थपिएका हुन् ।
संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका ५ की २ महिला , ७ की २ महिला, ८ का २ पुरुष , ९ का ३ पुरुष, ११ का २ पुरुष, १५ की १ महिला, १६ की १ महिला, १७ का २ पुरुष तथा २ महिला , ३० की १ महिला तथा अन्नपूर्ण गाउँपालिकाका १ पुरुष र १ महिला रहेका छन् ।


सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान