साझा पार्टी, गण्डकी प्रदेशले कास्कीको संयोजकमा एकराज न्यौपानेलाई चयन गरेको छ । पार्टीले जिल्लाका संस्थापक संयोजक अर्जुनप्रसाद खनाललाई केन्द्रिय सदस्यमा मनोनित गरेपछि रिक्त रहेको सो पदमा न्यौपानेलाई चयन गरिएको पार्टीले जनाएको छ । नवनियुक्त संयोजक न्यौपाने साझा पार्टी कास्कीका कार्यकारिणी सदस्यमा रहेर कार्यरत थिए ।
विगत एक वर्षदेखि साझा पार्टीमा आबद्ध भएका न्यौपाने साझा पार्टीमा जोडिए लगत्तै गत कास्की क्षेत्र नं. २ को उपनिर्वाचनका दौरान साझा पार्टीले उनलाई चुनावी फिल्ड सम्हाल्ने जिम्मेवारी सुम्पेको थियो। सामुदायिक सेवा केन्द्र बैदामको अध्यक्ष रहेर उल्लेखनीय सामाजिक कार्य गरेका न्यौपाने पोखराका पुराना पर्यटन व्यवसायीसमेत हुन्।
यसैबीच, साझा पार्टी गण्डकी प्रदेशले आफ्नो कार्यसमितिलाई बिस्तार गरेको छ। विस्तारित कार्यसमितिमा पार्टी विधानअनुसार पदेन सदस्यको रूपमा कास्की जिल्ला संयोजक न्यौपानेलाई आवद्ध गरिएको हो भने अन्य दुई सदस्यमा युवा नेता अशोक खड्का र राजन पन्थी छन्। पोखराका विभिन्न अभियानमा नेतृत्वदायी भूमिका खेलेका खड्कालाई साझा पार्टी गण्डकीले प्रदेशको अभियान विभागको प्रमुखसमेत बनाएको छ। अर्का मनोनित सदस्य पन्थी साझा युवा संगठनको गण्डकी प्रदेशको संयोजक समेत हुन्। गण्डकी प्रदेशमा यी दुई युवाहरूको आबद्धताले युवा केन्द्रित अभियानलाई नयाँ उचाइ दिनेमा साझा पार्टी गण्डकी प्रदेश विश्वस्त रहेको प्रदेश संयोजक महेश भण्डारीले जनाए ।
सोमबार साँझ आयोजित पदस्थापन कार्यक्रममा गण्डकी प्रदेश संयोजक महेश भण्डारी र कास्कीका संस्थापक संयोजक तथा नवमनोनीत केन्द्रीय सदस्य अर्जुनप्रसाद खनालले कास्की संयोजक न्यौपानेलाई माटोको टीका लगाएर स्वागत गरेका थिए।
कार्यक्रममा प्रतिबद्धता मन्तव्य राख्दै संयोजक न्यौपानेले कास्कीका ४ गाउँपालिका र प्रत्येक वडामा नेतृत्व तयार गर्ने योजना सुनाए। कार्यक्रममा गण्डकी प्रदेशको सिफारिसमा हालै पार्टीको केन्द्रीय कार्यसमितिमा आबद्ध भएका दीपक पौडेल, सरोज गौतमलगायतका नेताहरूलाई बधाई तथा शुभकामना दिइएको थियो। बडादशैँको अवसरमा आयोजित सो कार्यक्रममा केन्द्रीय सदस्य रजनी केसी, पोखरा महानगर संयोजक मनकाजी गुरुङ लगायतका नेताहरूले शुभकामना तथा बधाई ज्ञापन गरेका थिए ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’