म्याग्दीको काफलडाँडाबाट हातहतियार सहित एक व्यक्ति पक्राउ

म्याग्दीको काफलडाँडाबाट हातहतियार सहित एक व्यक्ति पक्राउ

police-arrest

सांकेतिक तस्विर

म्याग्दी – विभिन्न हातहतियार सहित म्याग्दीका एक व्यक्ति पक्राउ परेका छन् ।

जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं -८ काफलडाँडा बस्ने ३१ वर्षीय अम्बर गर्बुजा १ थान भरुवा बन्दुक, १७ थान छर्रा, ४४ थान फलामका टुक्रा र १ सय ग्राम बारुद सहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय घोडेपानीबाट खटिएको प्रहरीको टोलीले उनलाई उक्त परिमाणका हातहतियार सहित पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ