गण्डकीमा कोभिड अपडेटः पोखरामा २२ सहित प्रदेशमा आज ८६ थपिए, ४० निको, संक्रमित ६१०५

गण्डकीमा कोभिड अपडेटः पोखरामा २२ सहित प्रदेशमा आज ८६ थपिए, ४० निको, संक्रमित ६१०५

Gandaki covid corona 5

गण्डकी प्रदेशमा आज ८६ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये पोखरा महानगरका २२ जना छन् । प्रदेशमा संक्रमितको संख्या ६ हजार १ सय ५ पुगेको छ । आज ४० जना निको भएका छन् ।

बिहानै प्रकाशित विज्ञप्तिमा गोरखा जिल्लाका १ जना तनहुँका २ जना र नवलपुरका १५ जना गरी १८ नयाँ कोरोना संक्रमित थपिए । संक्रमण पुष्टि हुनेहरुमा गोरखाको सुलिकोट ६ की १ महिला, तनहुँ आबुखैरेनी १ की १ महिला, देवघाट ८ की १ महिला, नवलपुर गैंडाकोटका ८ पुरुष तथा ३ महिला र कावासोती का २ पुरुष तथा मध्येविन्दु का २ पुरुष तथा १ महिलामा कोरोना पुष्टि भएको छ ।

 यस्तै, दोस्रो विज्ञप्तिमा पोखरामा थप १९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप १९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

मेडीप्लस अस्पतालका १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित ३५ वर्षीय महिला हुन् । फेवासिटी अस्पतालका १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित १० वर्षीय बालिका हुन् । चरक अस्पतालका ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो अस्पतालका १ महिला सहित २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमित २१ वर्षीय १ जना महिला तथा ३० र ३२ वर्षीय २ जना पुरुष हुन् ।

पोखरा महानगरपालिका वडा नम्बर ३ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ३० वर्षीय १ जना महिला तथा ३२ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । पोखरा ५ का १ जनालाई संक्रमण पुष्टि भएको छ । उनी २१ वर्षीय पुरुष हुन् ।

७ नम्बर वडाका १ जनालाई कोरोना पुष्टि भएको छ । सो वडाका ५० वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । वडा नम्बर ८ का १ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाकी २७ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको हो । पोखरा ९ का ६० वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । पोखरा १२ का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाकी ४६ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो । १३ नम्बर वडाका १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित २९ वर्षीय पुरुष हुन् ।

पोखरा १५ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु सो वडाका ५४ र ६० वर्षीय पुरुष रहेका छन् । पोखरा १६ का ३६ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । पोखरा १७ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित दुवै जना महिला हुन् । सो वडाका ३० र ७० वर्षीय महिलालाई संक्रमण पुष्टि भएको हो ।

पोखरा २५ का २५ वर्षीय १ जना पुरुषलाई समेत संक्रमण पुष्टि भएको छ । पवर्तमा १६ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको जलजलाका हुन् । जलजला अन्तरगत उनीहरु कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।

बाग्लुङका १ जनालाई संक्रमण पुष्टि भएको छ । उनी जिल्लाको बाग्लुङ नगरपालिकाका ४६ वर्षीय पुरुष हुन् । नगरपालिका अन्तरगत कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन । गोरखामा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको आरुघाट ९ का ३७ वर्षीय १ जना पुरुष रहेका छन् । यस्तै, म्याग्दीमा १ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको बेनी नगरपालिका वडा नम्बर २ का ३१ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

यस्तै, तेस्रो तथा अन्तिम विज्ञप्ति अनुसार गण्डकी प्रदेशमा गोरखाका २२ सहित ३० जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले गोरखाका २२, कास्कीका ३, लमजुङ ३ र पर्वतका २ गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । सक्रमण पुष्टि हुनेहरुमा गोरखा शहिद लखनथापा गाउँपालिकाका वडा नखुलेका २ वर्षीया बालिका सहित ९ महिला र ८ वर्षीय बालक सहित ११ पुरुष, गोरखा गण्डकी ७ का २ महिला रहेका छन ।

त्यस्तै, कास्कीको पोखरा महानगरपालिका वडा नं २ की १ महिला, ७ का १ पुरुष र १४ का १ पुरुष, लमजुङ सुन्दरबजार वडा नखुलेका ३ जना पुरुष, पर्वत पैंयु ५ का १ पुरुष र १ महिलामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ